काठमाडौं– विश्वप्रशिद्ध ब्रान्ड सनसिल्कले यसवर्ष पनि नेपालमा ‘सनसिल्क दसैं भाइब्स’ डिजिटल प्रतियोगिता आयोजना गर्ने भएको छ। गत वर्ष गरिएको आयोजना सफल भएपछि यसपाली पनि दसैंको अवसर पारेर उक्त प्रतियोगिता आयोजना गर्न लागेको कम्पनीले जनाएको छ।
प्रतियोगिताले लाखौं नेपाली नेपाली युवतीहरुको आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर फेरि पनि प्रदान गर्ने कम्पनीले जनाएको छ। गत वर्ष सनसिल्क दसैं भाइब्सले फेसबूक, इन्स्टाग्राम र टिकटकमार्फत विश्वभरमा ६ करोडभन्दा बढी भ्यूज प्राप्त गरेको थियो। यस्तै २८५४ जनाले सहभागिता जनाएका थिए।
यसवर्ष सनसिल्क दसैं भाइब्स–२ ले त्यो संख्यालाई उछिन्दै एक नयाँ रेकर्ड कायम गर्ने कम्पनीले विश्वास लिएको छ। सनसिल्क संसारको सबैभन्दा ठूलो हेयरकेयर ब्राण्ड मध्येको एक रहेको र वर्षौंदेखि उपभोक्ताहरुको प्रिय बन्दै आइरहेको कम्पनीले दाबी गरेको छ।
नेपालीहरुको महान चाड दसैंको अवसर पारेर आफ्ना ग्राहकहरुको जीवनको एक हिस्सा बन्न सनसिल्कले गत वर्षदेखि एक डिजिटल प्रतियोगीता ‘सनसिल्क दसैं भाइब्स’ अभियान सुरु गरेकी थियो। अभियानले नेपाली युवतीहरुलाई आफ्नो कपालको प्रदर्शन गरी सनसिल्क ग्याङ्ग अफ गल्र्सको एक हिस्सा बनेर ब्राण्डसँग आवद्ध हुने मौका दिएको थियो।
आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले अन्तिम चरणको फिनालेमा जित हासिल पार्दै सनसिल्कका ब्राण्ड एंबेसडर द्वय प्रिन्सी र प्रिज्माका साथमा ब्राण्डको प्रतिनिधित्व गर्न जोडिएका थिए।
प्रतियोगिताको विजेताहरुको रुपमा उनीहरुले यस वर्षको ‘सीमित विशेष दसैं प्याक (Dashain Special Limited Edition Packs)’ मा प्रस्तुत हुने अवसर प्राप्त गरेका छन्, जुन प्याक नेपालमा पहिलो पटक प्रस्तुत गरिँदैछ।
यो नयाँ प्याक ३ भिन्न प्रकारका रहेका छन्ः हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट। नेपालको लाखौं घरहरुमा यो नयाँ प्याकले स्थान पाउने अपेक्षा गरिएको छ। यसरी प्रस्तुत गरिएको ३ नयाँ प्याकहरुमध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलो पटक पेस गरिएको हो।
युनिलिभरका प्रबन्ध निर्देशक आमलन मुखर्जीले भने, ‘लाखौं उपभोक्ताहरुद्वारा रुचाइएको र देशभर बिक्री हुने, सनसिल्क नि:सन्देह नेपालको सर्वाधिक ठूलो सौन्दर्य ब्राण्ड हो। गत वर्ष दसैंको दौरानमा आयोजित दसैं भाइब्स प्रतियोगिताका विजेताहरु सनसिल्क ग्याङ्ग अफ गर्ल्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौं र प्रतियोगीता आफैंमा एक अभूतपूर्व सफल अभियान थियो। सनसिल्क विश्वास गर्दछ कि जब युवतीहरुले सम्भावनाहरुलाई व्यापक बनाउन पाउँछन् तब उनीहरु उत्साहित हुने गर्दछन् र हामीले उनीहरुलाई उनीहरुको सुन्दर कपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्राण्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेका छौं। हामी विश्वास गर्दछौं, सौन्दर्य सरल छ र धेरै तरिकाहरुबाट यसलाई कैद गर्न सकिन्छ । हामी हाम्रा उपभोक्ताहरुले मनाउने स्थानीय चाडपर्वहरु र संस्कृतिहरुसंगै हाम्रा ब्राण्डहरुलाई आबद्ध गराउन चाहन्छौं। सनसिल्क ग्याङ्ग अफ गल्र्सको सक्रियता र सनसिल्कदसैं भाइब्स त्यस्तै प्रयासहको अंग हुन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।