काठमाडौं– मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेड बीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ। मोको डिजिटल वालेट फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्धारा संचालित हो।
एभरेष्ट बैंकका ग्राहकहरुलाई आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी, उक्त कार्डहरुबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानीलगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन्।
यस्तै बैंककाग्राहकहरुले मोको मार्फत ‘स्क्यान टू पे’ माध्यमबाट १,५०० भन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन्। मोको डिजिटल वालेट गुगलप्लेस्टोर र एप स्टोरमाउपलब्ध छ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन्। देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ वटा प्रादेशिक कार्यालय, १५२ एटीएम सहितविश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।
यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।