काठमाडौं– पाकिस्तान नियन्त्रित काश्मिरको बाग जिल्लामा आइतबार भएको सवारी दुर्घटनामा कम्तीमा नौ पाकिस्तानी सैनिकको मृत्यु भएको छ।
उक्त दुर्घटनामा चार जना घाइते भएको उद्धार सेवाले जानकारी दिएको छ ।
प्राप्त जानकारी अनुसार जिल्लाको शुजा अबाद क्षेत्र नजिकै उनीहरू सवार गाडी एउटा गहिरो खाल्डोमा खस्दा दुर्घटना भएको हो।
पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरू गुणस्तरहीन सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण हुने गर्दछन्।
भारी मनसुनी वर्षाका कारण उत्तरी पाकिस्तानमा हालैका दिनहरूमा सडक दुर्घटनामा उल्लेखनीय वृद्धि भएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।