• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बैंकबाट निक्षेप कहाँ हराइरहेको छ?

64x64
सुमित्रा कार्की आइतबार, भदौ ५, २०७९  १३:४५
1140x725

काठमाडौं– असार समान्तदेखि साउनको चौथो सातासम्म आइपुग्दा वाणिज्य बैंकमा संकलन भएको निक्षेप ठूलो अंकमा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकमा कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो। 

साउन चौथो साता आइपुग्दा वाणिज्य बैंकमा कुल ४४ खर्ब २१ अर्ब रुपैयाँमात्रै निक्षेप रहेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ। यो एक महिनाको अवधिमा वाणिज्य बैंकबाट एक खर्ब २० अर्ब रुपैयाँ रकम बाहिरिएको छ।

असार मासन्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकमा साउन पहिलो सातामा कुल ४४ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप कायम भयो। बैंकर संघकाअनुसार त्यो बेला एक सातामै ६३ अर्ब रुपैयाँ निक्षेप बैंकिङ च्यानलबाट घटेको देखियो।

यस्तै, साउनको दोस्रो साता वाणिज्य बैंकहरुमा निक्षेप संकलन ४४ खर्ब ५० अर्ब रुपैयाँमात्रै रह्यो। त्यो भनेको साउन पहिलो साताको तुलनामा २८ अर्ब कम हो। साउन तेस्रो साता दोस्रो साताको तुलनामा निक्षेप चार अर्ब रुपैयाँ घटेर ४४ खर्ब ४६ अर्ब कायम भयो। साउन तेस्रो साताको तुलनामा चौथो साता २५ अर्ब रुपैयाँ घटेर ४४ खर्ब २१ अर्ब रुपैयाँमात्रै रहेको बैंकर्स संघको तथ्यांकले देखाउँछ।

निक्षेप घटिरहँदा बैंकहरुको कर्जा लगानी भने खासै घटेको देखिँदैन। एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको कर्जा यथावत छ। गत असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको बैंकको कर्जा साउन मसान्तमा पनि ४१ खर्ब ७५ अर्ब नै देखिन्छ। यो बिचको साताहरुमा भने कर्जा दुई र चार अर्ब रुपैयाँले घटबढ भएको देखिन्छ।

गत आर्थिक वर्षको अन्त्य असार मसान्तसम्म ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले साउनको पहिलो हप्तासम्म आउँदा उक्त कर्जा १० खर्ब रुपैयाँले घटाएर ४१ खर्ब ६५ अर्ब रुपैयाँमा सिमित बनाएका हुन्। 

यसैगरी, साउनको दोस्रो सातामा पनि बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। तेस्रो साता आउँदा बैंकहरुको कर्जा लगानी केही बढेको देखिन्छ। यो साता बैंकहरुले २ अर्ब रुपैयाँले कर्जा लगानी बढाए। चौथो सातासम्म आउँदा बैंकहरुले अघिल्लो दुई सातामा घटेको कर्जा लगानी बराबरको लगानी बढाएर असार मसान्तसम्मको बराबर कर्जा लगानी पुर्‍याउन सफल भएको देखिन्छ। 

Monthly-Deposit-Growth1661068563.png

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्ला आर्थिक वर्षमा के हुन्थ्यो?
अघिल्ला आर्थिक वर्षको साउन महिनामा सरकारको भुक्तानीमा सबैभन्दा धेरै पैसा जानेक्रम थियो। यसकारण साउनमा पहिले पनि पैसा घट्ने गरेको नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका कार्यकारी अधिकृत अनिल उपाध्याय बताउँछन्। ‘पहिलेका आर्थिक वर्षमा पनि निक्षेप घट्नेक्रम हुन्थ्यो। तर, यो पटक अलि बढी भएको देखिन्छ।’ उनी भन्छन्, ‘किन यस्तो देखियो भने अहिले आउनेक्रम प्रायः ठप्प छ। र, जानेक्रममात्र हुँदा पनि यस्तो देखिएको हो। यसलाई नौलो मान्नुपर्ने आवश्यकता म देख्दिनँ।’

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को असार मसान्तमा वाणिज्य बैंकहरुमा कुल २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप थियो। साउन मसान्तमा २४ खर्ब ५५ अर्ब रुपैयाँ कायम भएको संघको तथ्यांकले देखाउँछ।  यस आर्थिक वर्षमा एक महिनाको अवधिमा १५ अर्ब रुपैयाँले निक्षेप घटेको छ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा वाणिज्य बैंकहरुमा कुल ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो। साउन मसान्तसम्म आउँदा निक्षेप संकलन ३४ खर्ब ७९ अर्ब रुपैयाँ कायम भएको थियो। यस आर्थिक वर्षमा पनि निक्षेप संकलन ८ अर्ब रुपैयाँले घटेको देखिन्छ। 

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तमा बैंकहरुसँग ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप थियो। यसैगरी, साउन मसान्तसम्म यो निक्षेप ४३ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको थियो। चालु आवको एक महिनामा घटेको एक खर्ब २० अर्ब रुपैयाँ निक्षप संकलन अन्य समयमा भन्दा अस्वभाविक भएको पूर्वगर्भनर तथा अर्थशास्त्री दिपेन्द्रबहादुर क्षेत्री बताउँछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कहाँ गयो निक्षेप?
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठकाअनुसार पछिल्लो समय सरकारी निकाय जस्तै आयल निगमलगायतका संस्थानहरुको भुक्तानी भइरहेकाले पनि बैंकिङ च्यानलमा निक्षेप संकलन घटेको छ। उनी भन्छन्, ‘आयल निगम कै भुक्तानीले पनि पैसा ठूलोमात्रमा बाहिरिएको छ। सहकारी संस्थाहरुले बैकिङ क्षेत्रमा असारमा जम्मा गरेको पैसा फिर्ता लगिरहेका छन्। अहिले सहकारी क्षेत्रमा पनि तरलताको समस्या देखिएको छ। सरकारले असारमा आएर खर्च गरेको थियो। साउनमा खर्च गर्न सकेको छैन।’

नेपाल बैंकर्स संघका अध्यक्ष उपाध्यायकाअनुसार अहिले बैकिङ च्यानलबाट निक्षेप घट्नुको कारण सरकारी निकायको भुक्तानी बढ्नु हो। उनी भन्छन्, ‘अहिले सरकारी भुक्तानीमा पैसा बढ्ने समय हो। यसले गर्दा हाम्रो बैकिङ च्यानलबाट सरकारी भुक्तानीमा धेरै पैसा गइरहेको देखिन्छ।’ सरकारी निकायबाट भुक्तानी भएको पैसा कुन क्षेत्रमा गएको छ। त्यसबारे आफूहरुलाई थाहा नभएको उपाध्याय बताउँछन्।

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा अर्थशास्त्री क्षेत्रीकाअनुसार अहिले बैकिङ च्यानलबाट निकालिएको पैसा अहिलेको मँहगीमा गएको छ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलका अनुसार मूख्य ४ कारण निक्षेप संकलन घटेको  छ। पोखरेल भन्छन्, ‘विदेशी लगानीको रुपमा रहेको निक्षेपको अवधी सकिएर यो परिपक्क भएको कारण यसलाई फिर्ता गर्नु पर्ने भयो। बैंकहरुले नेपाल राष्ट्र बैंकबाट लिएको फन्डिङको पनि समय अवधी सकिएर फिर्ता गर्नुपर्ने बेला भयो। यसैगरी, इन्टर बैंकिङ क्षेत्रबाट गरेको कारोबारको समय अवधी पुगेर निक्षप फिर्ता गर्नुपर्ने हुन्छ।’

बैंकिङ क्षेत्रमा निक्षेप संकलन घट्नुको अर्को कारण केही व्यक्तिले वालेटमा धेरै पैसा होल्डिङ गर्दा पनि बैकिङ च्यानलमा पैसा घटेको उनको बुझाइ छ। ‘असार मसान्त भनेको आर्थिक वर्षको अन्त्यको समय हो। जसका कारण सरकारको बैकिङ च्यानलमा जम्मा भएको पैसा खर्च हुन्छ।’ पोखरेल भन्छन्, ‘यसले पनि निक्षेप घटेको देखिन्छ।’

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर तथा अर्थशास्त्री क्षेत्रीकाअनुसार अहिले बैकिङ च्यानलबाट निकालिएको पैसा अहिलेको मँहगीमा गएको छ। उनी भन्छन्, ‘पैसा कहाँ गयो भन्ने कुरा गर्ने हो भने अहिले बजारमा भएको पैसा केही महँगीले खाएको छ। हिजो १० रुपैयाँमा पाउँने सामान आज १५ रुपैयाँ तिर्नु पर्ने अवस्था छ। यसकारण कसैले बैंकमा पैसा राखेका छन् भने त्यसलाई निकालेर बजारका सामानमा हालिरहेका छन्।’ 

अहिले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निक्षेप तथा कर्जाको ब्याजदर बढाउन निर्देशन दिएको भएपनि बैंकमा निक्षेप नबढ्ने संकेत पाएपछि बैंकहरु राष्ट्र बैंकको निर्देशनबाटै पछि हटेको उनी बताउँछन्। ‘बुल इन्सेन्सिटीभ भनेको ब्याजदर हो। केन्द्रीय बैंकले नै बैंकहरुलाई स्रोत र साधन छैन भने ब्याजदरले भए पनि केही रकम परिचालन हुन्छ भन्यो। राष्ट्र बैंकको यो भनाइलाई बैंकहरुले टेरेनन्। बैंकहरुले ब्याजदर बढाएर निक्षेप बढ्ने देखेनन्। त्यसकारण हामी बढाउँदैनौं भनेर बैंकहरुले ब्याजदर बढाएनन्। राष्ट्र बैंकले ट्रेजरी बिलमा नै १४ प्रतिशत ब्याजदर भनेको छ।’ क्षेत्री भन्छन्। 

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलका अनुसार मूख्य ४ कारण निक्षेप संकलन घटेको  छ।

क्षेत्रीको बुझाइमा पैसा बैंकिङ च्यानलबाट गायब हुनुको अर्को कारण निर्वाचन नजिकिँदै जानु हो। निर्वाचनको मिति घोषणा भइसकेकाले यसको तयारीमा राजनीतिक दलहरु लागेका छन्। दलहरुले चुनावको समयमा चाहिने पैसा अहिले नै विथ ड्र गरेर राखेका कारण पनि बैकिङ च्यानलमा पैसा घटेको उनी बताउँछन्। उनी भन्छन्, ‘देशको अहिलेको अवस्थामा लगानी गर्ने ठूलो ठाउँ छैन। यसकारण विकासका कामहरुमा पैसा खर्च भएको देखिन्न। बैंकमा देखिएको पैसा असारको अन्तिममा हिसाब किताबमात्रै बढेको हो कि जस्तो देखिएको छ।’

बैंकिङ क्षेत्रले असार मसान्तसम्म क्लोजिङको समय व्यवस्थापन गर्दा बैकिङ च्यानलमै नभएको पैसा देखिएर पछि फेरि घटेको हुन सक्ने क्षेत्रीको अनुमान छ।

‘बैंकहरुसँग पुरानो कर्जा एक करोड रुपैयाँ थियो। एक करोड रुपैयाँ कर्जाको ब्याज यताउता गर्दा एक करोड १० लाख रुपैयाँ भयो। बैंकले त्यो पैसा असुल भएको देखाउँछ। अनि त्यो सबै थप गरेर रिन्यू गरे जस्तो हुन्छ  (यसलाई बैंकरको भाषामा भन्दा लोनलाई ग्रिनिङ गर्ने भनिन्छ।) क्षेत्री उदाहरण दिँदै भन्छन्, ‘ग्रिनिङ गराउने भन्नाले पैसा थप आएको पनि हुँदैन। बैंकले थप कर्जा असुली गरेको पनि हुन्न। समझदारीमा एक दुई लाख रुपैयाँ थपे जस्तो गरी असुली पनि राम्रो देखाउँने र खराब कर्जा पनि घटेको देखाउने हो। अहिले हामी सबैजनाले नेपाल र भारतको सीमा क्षेत्रमा स्रोत नखुलेको ८०/९० लाख रुपैयाँ प्रहरीले समात्यो भनेर खबर सुन्ने गरेका छौँ। यसकारण के अनुमान गर्न सकिन्छ भने अनौपचारिक ढंगले नेपालको पैसा भारततर्फ पनि गइरहेको छ।’ क्षेत्री भन्छन्, ‘त्यो भनेको अनौपचारिक तरिका कै आयातमा पैसा ओहोरदोहोर भइरहेको पनि हो।’ 

क्षेत्रीकाअनुसार अहिले बजारमा जम्माजम्मी ६ खर्ब रुपैयाँमात्र छ। राष्ट्र बैंकले दिएको तथ्यांक हेर्ने हो भने ५ खर्बको आसपासमा चलनचल्तीको पैसा रहेको उनी बताउँछन्। ‘५ खर्ब पैसा भनेको सर्वसाधारणले तरकारी किन्न खर्च गरेको सानोभन्दा सानो रकम पनि त्यसभित्र पर्छ।’ उनी भन्छन, ‘बैकिङ क्षेत्रबाट हराएको निक्षपले चाहिँ यस्तो हिसाबकिताब देखाएर त्यति ठूलो रकम गायब भएको तथ्यांक देखाउँन सक्दैन। यसले गर्दा सरकारले आर्थिक वृद्धिको लागि लिएको लक्ष्य भेटाउन मुस्किल हुन्छ।’

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्