• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

एन्फासँग अल्मुताइरीको टसलले प्रदीपलाई दशैंमा परेको ‘चिठ्ठा’!

64x64
दीप सुवेदी शुक्रबार, भदौ ३, २०७९  १९:१५
1140x725

काठमाडौं– फुटबलमा सफलताको पहिलो श्रेय प्रशिक्षकलाई जाने भएपछि असफलताको अपजस पनि निश्चित रुपमा उनकै टाउकोमा हुन्छ। त्यसैले व्यवसायिक फुटबलमा राम्रो नतिजा दिन नसके प्रशिक्षकको बर्खास्तीको बाटो रोजिन्छ। यही बाटो पार गरिसकेका प्रशिक्षकमध्ये एक हुन्, नेपाली मुलका अमेरिकी प्रशिक्षक प्रदीप हुमागाईं। 

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीलाई राम्रो नतिजा दिलाउन नसकेपछि हुमागाईंलाई बर्खास्त गरिएको थियो। त्यसपछि गुमगाम रहेका उनले सोही प्रतियोगिताको दोस्रो संस्करणमा झापा एफसीको प्रशिक्षक बनेर स्वदेश फर्किने मौका पाए। समय ठिक चलिरहेको भए अहिले उनी झापाको प्रशिक्षकको जिम्मेवारीमा ‘टचलाइन’ सम्हालिरहेका हुन्थे। तर, उनले सोचेजस्तो भएन। 

झापाको प्रशिक्षकभन्दा अगाडि उनी नेपाली राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकको भूमिकामा नेपाल फर्किएका छन्। जुन नेपाली फुटबलको लागि अप्रत्याशित घटनाभन्दा कम छैन। अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको टसल होला र आफूलाई यति चाँडै नेपाली टोली सम्हाल्ने दशैंको ‘चिठ्ठा’ पर्ला भनेर पक्कै उनले पनि सोचेका थिएनन् होला। 

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भेटिएका हुमागाईंको हाउभाउले पनि यही बताइरहेको थियो। हतासमा देखिएका उनले यो कुरालाई अस्वीकार गरिहाल्न पनि सकेनन्। उनी भन्दै थिए,‘कर्मभूमिबाट सबै काम छाडेर फर्किएर जन्मभूमिको सेवा गर्न आएको हुँ। यसलाई मैले एक प्रोसेसको रुपमा लिएको छु।’ 

हो, उनले भनेको जस्तै सबै काम छाडेर नेपाल नआएको भए उनको जिम्मेवारी अरुले पाउने निश्चित थियो। जब एन्फामा नयाँ नेतृत्व आयो तबदेखि नै मुख्य प्रशिक्षक अल्मुताइरीको विकल्प खोज्ने निष्कर्षमा पुगिसकेको थियो। त्योभन्दा अगाडि मुख्य प्रशिक्षक अल्मुताइरीसँग हालका अध्यक्ष पंकजविक्रम नेम्वाङसँगको असम्झदारी र सिर्जित घटनाले पनि नयाँ नेतृत्व उनीसँग काम गर्न इच्छुक थिएन। 

त्यसमाथि कप्तान किरण चेम्जोङसहित ११ सिनियर खेलाडीको ‘विद्रोह’ले गर्दा हुमागाईंलाई नेपाली टोलीको कार्यवाहक प्रशिक्षक बन्ने ढोका खोल्दियो। हुन त नेपालमा हुमागाईंभन्दा अब्बल एएफसी ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक पनि नभएका होइनन्। तर, प्रश्न उठ्छ उनैलाई किन प्रशिक्षक बनाइयो?

उनी यसको उत्तर दिँदै भन्छन्,‘यसबारेमा पनि मलाई खासै जानकारी भएन। मेरो व्यक्तिगत रुपमा नेपालमा भएका प्रशिक्षकहरुप्रति एकदमै ठूलो सम्मान छ। उहाँहरुसँग पनि क्षमता र प्रतिभा छ। उहाँहरु पनि कहिलेकाहिँ हाम्रो ट्रेनिङ हेर्न आइदिएर अनुभव सेअर गरेमा राम्रो हुनेछ।’

हुमागाईंले राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न लागेको यो पहिलो पटक हो। क्लब करिअरमा पनि उनी त्यति उम्दा खेलाडी र प्रशिक्षक मानिँदैनन्। विद्यार्थी राजनीतिमा सक्रिय रहँदा लहैलहैमा सिकेको फुटबलबाट उनले दुई वर्ष रानीपोखरी कर्नर टिम (आरसीटी)को जर्सी लगाए। तर, उनी खेलाडीको रुपमा सोचेअनरुप जम्न सकेनन्। 

nimb
nimb
Ncell 2
Ncell 2

हुमागाईंले विस्तारै खेलाडीभन्दा प्रशिक्षकमा ध्यान केन्द्रित गर्दै गए। उनले आरसीटीको जर्सी फुकालेर काठमाडौं क्लबलाई चार वर्ष प्रशिक्षण दिए। प्रशिक्षककै रूपमा सन् २००४ देखि ०७ सम्म उनले काठमाडौं शिक्षा कलेज र ०८ देखि सन् १० सम्म त्रिभुवन विश्वविद्यालयको टोली पनि हेरे।

०११-१२ को सिजनमा हिमालयन शेर्पा क्लबको स्वयंसेवक प्रशिक्षकका रुपमा तत्कालीन प्रशिक्षक उपेन्द्रमान सिंहलाई सघाए। सिंहको छत्रछायामा हुमागाईंको प्रशिक्षण कलामा थप निखार आउन सुरु भयो। 

फुटबलकर्मीसँग नजिकको सम्बन्ध बनाएका उनी एन्फाका तत्कालीन उपाध्यक्ष एवं थ्री स्टार क्लबका अध्यक्ष ललितकृष्ण श्रेष्ठको सम्पर्कमा पुगे। श्रेष्ठले उनलाई २०६९ भदौंमा थ्री स्टारको सहायक प्रशिक्षकको रुपमा क्लबमा भित्र्याए। त्यतिबेला थ्री स्टारको प्रशिक्षक थिए, मेघराज केसी। जो अहिले नेपालको यू–२० टोली सम्हालिरहेका छन्।

हुमागाईंलाई केसीको नेतृत्वमा धेरै सिक्ने अवसर थियो। तर, उनी आबद्ध भएको केही समयमै ‘एनसेल कप’मा थ्री स्टारले समूह चरणका दुई खेलमा सन्तोषजनक नतिजा ल्याउन सकेन। पहिलो खेलमा मध्यपुर युथ एकेडेमीसँग बराबरीमा रोकिएको थ्री स्टार दोस्रो खेलमा फ्रेन्ड्स क्लबसँग पराजित भयो। 

फेन्ड्ससँग पराजित भएसँगै तत्कालीन प्रशिक्षक केसीले राजीनामाको घोषणा गरे। त्यसपछि हुमागाईंको दिन फिर्‍यो। कार्यवाहक प्रशिक्षक भएपछि हुमागाईंको नेतृत्वमा थ्री स्टार समूह चरणको तेस्रो खेलमा एपीएफसँग बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरियो। उक्त प्रतियोगिताबाट क्लबमा बाहिरिए पनि उनकै प्रशिक्षणमा थ्री स्टारले २०१२–१३ को शहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्यो र उपाधि जित्यो। तर, त्यो उपाधि जित्न स्टार खेलाडीको भूमिका अतुलनिय रह्यो।

त्यसपछि हुमागाईंको फुटबल प्रशिक्षणको बाटो साधारण सडकबाट ‘हाइवे’मा मोडियो। फुटबल वृत्तमा पनि उनको प्रशिक्षण यात्रा थप फराकिलो बन्दै गयो। त्यही वर्ष थ्री स्टारले मोफसलको आहा रारा गोल्डकप र उदयपुर गोल्डकपमा पनि उपाधि जित्यो। एएफसी प्रेसिडेन्ट्स कप, नर्वे कप र अल इन्डिया गभर्नस गोल्ड कपमा पनि उनको टोलीले राम्रो खेल प्रदर्शन गर्‍यो। 

यिनै उपलब्धिलाई निजिकैबाट नियालिरहेका नेपाली राष्ट्रिय टोलीका तत्कालीन सहायक प्रशिक्षक रिचर्ड ओर्लोस्की उनलाई किस्टोन एथ्लेटिक क्लब सम्हाल्ने मौका जुराइदिए। यसबीचमा उनी बेलाबखत नेपाल आइरहन्थे। 

‘म किस्टोन एथ्लेटिकमा प्रशिक्षकको रुपमा छु। त्यहाँ प्रशिक्षण गरेको ९-१० वर्ष भइसक्यो। नेपाल मेरो सधैं पहिलो प्राथमिकतामा हुन्छ। त्यो क्लबले पनि बाहिर राम्रो अवसर पाउँनेबित्तिकै जाउ भन्छ। त्यसैले मैले सबै छाडेर आएको हुँ,’ हाल काठमाडौंमा रहेका उनी भन्छन्।

उनी पछिल्लोपटक २०७७ मा नेपाल सुपर लिगको पहिलो संस्करणमा ललितपुर सिटी एफसी सम्हाल्न स्वदेश फर्किएका थिए। थ्री स्टार छाडेपछि उनले सिनियर टोली हेरेको यो नै पहिलो पटक थियो। तर, उनको नेतृत्वमा थ्री स्टारजस्तो ललितपुरले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन। र, उनी सिजन सकिनु अघि नै बर्खास्तीमा परे।

ललितपुरको खेलमा हुमागाईं मुख्य प्रशिक्षक भए पनि ‘टचलाइन’मा उनको उपस्थिति बिरलै देखिन्थ्यो। खेलमा अधिकांश समय सहायक प्रशिक्षक राजु तामाङ नै ‘टचलाइन’ सम्हालिरहेका देखिन्थे। टोलीको रणनीति मैदानमा उतार्ने जिम्मेवारी पनि तामाङले नै पाएका थिए। तर, हुमागाईंको योजना, रणनीति र अमेरिकी क्लबको अनुभव काम लागेन।

यद्यपि, ललितपुरबाट दु:खद् बहिर्गमन भोगे पनि उनको मन भने नेपाली फुटबल वरिपरि नै घुमिरह्यो। बिहीबार पत्रकारहरुसँगको अन्तरक्रियामा पनि उनको त्यो भाव प्रष्ट झल्किन्थ्यो। हुन त नेपाली फुटबलमा केही न केही ठूलो जिम्मेवारी लिने उनको इच्छा थियो। यसअघि उनी नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न पनि चाहन्थे।

एन्फाका तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा र आफूले भन्न मिल्ने सबै ठाँउसम्म उनले त्यो जिम्मेजारी दिलाइदिन आग्रह नगरेका पनि होइनन्। त्यसैक्रममा उनको एन्फा कर्मचारीसँग विवादसम्म भयो। तर, एन्फाले एएएफसी (एसियाली फुटबल महासंघ) को सहयोगमा ग्यारी फिलिप्सलाई महिला टोलीको प्रशिक्षक नियुक्त गर्‍यो र तत्काल उनका लागि ढोका बन्द भयो। 

यद्यपि, त्यो बेला उनको लागि ढोका बन्द भए पनि शेर्पा नेतृत्वकै कारण पुन: ढोका खुल्न पुग्यो। शेर्पा नेतृत्वले नै सिनियर खेलाडी र प्रशिक्षकसँगको विवाद सुल्झाउन नसक्दा हुमागाईंले नेपाली फुटबलमा नसोचेकै छलाङ मारे। उनी यतिखेर नेपाली समर्थकहरुमाझ मुख्य प्रशिक्षक अल्मुताइरीले छाडेको छाप मेटाउने प्रयत्न गरिरहेका छन्। 

त्यसैले पनि होला उनी मुख्य प्रशिक्षक अल्मुताइरीभन्दा प्रशिक्षणको मामिलामा ठिक ३६० डिग्रीमा उभिएका छन्। उनी मुख्य प्रशिक्षक अल्मुताइरीजस्तो बन्द प्रशिक्षण नदिने र सञ्चारकर्मीलाईसमेत नजिकबाट प्रशिक्षण नियालेर सल्लाह सुझाव लिने तयारीमा छन्। 

जे होस् उनलाई बंगलादेशसँगको एक मैत्रीपूर्ण खेलकै लागि भएपनि एन्फाले दशैंको बेला चिठ्ठा दिलाइदिएको छ। यो चिठ्ठालाई सही तरिकाले सदूपयोग गरे उनले हाल कुमार थापाले हेरिरहेको महिला टोलीको जिम्मेवारी पनि हत्याउन सक्छन्। त्यसै पनि उनी एन्फा नेतृत्वको नजिक मानिन्छन्। त्यसैले उनले असोज ११ गतेको चिठ्ठालाई कसरी प्रयोग गर्छन् त्यो हेर्न बाँकी नै छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ शनिबार, भदौ ६, २०८३
कालीमाटीमा कुन तरकारी–फलफूल कति ? हेर्नुहोस् आजको मूल्य शनिबार, भदौ ६, २०८३
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ शनिबार, भदौ ६, २०८३
लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना, चार जना घाइते शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको हत्याको निष्पक्ष छानबिन गर्न उनेपाको माग शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’ शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्