काठमाडौं– नि:शान्तान दम्पत्तिका लागि ‘इन भिट्रो फर्टिलाइजेसन’ (आईभीएफ)को सुविधा प्रधान गर्दै आएको वात्सल्य आईभीएफले काठमाडौं उपत्यका बाहिर स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
शुक्रबार कृष्ण जन्माष्टमीको दिन छैटौं वार्षिकोत्सव मनाइरहेको कम्पनीले उपत्यका बाहिर कास्कीको पोखरा, झापाको विर्तामोड र बाँकेको नेपालगञ्जमा स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।
![Anniversary1660891709.jpg](https://nepallive.net/uploads/posts/Anniversary1660891709.jpg)
कम्पनीका अनुसार भदौ ४ गते (शनिबार) पोखराको सभागृहस्थित मेघा हेल्थकेयरमा शिविर हुँदैछ। यस्तै, भदौ ११ गते विर्तामोडको निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोस्टिक र भदौ १८ गते नेपालगञ्जको बिटीएस चोकस्थित वात्सल्य हेल्थकेयरमा शिविर आयोजना हुने कम्पनीले जानकारी दिएको छ।
शिविरहरुमा वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा आकृति भारतीसहित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले उपचार र परामर्श सेवा प्रदान गर्नेछन्।
नि:सन्तानसम्बन्धी संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको वात्सल्यले हालसम्म २५०० भन्दा बढी दम्पतिलाई सन्तान प्राप्तिको खुसी दिइसकेको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।