काठमाडौं– एनएमबी बैंकले देश तथा विदेशमा बस्ने महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजनाकाे रुपमा ‘एनएमबी स्मार्ट नारी बचत खाता’ योजना संचालमा ल्याएको छ।
बैंकले जनाए अनुसा महिलालाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोवारमा सक्रिय बनाउने प्रयास स्वरुप यस योजनाअन्तर्गत ग्राहकहरूले मेडिकल÷स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक पाँच हजारसम्म क्यासब्याक पाउन सक्नेछन्।
त्यस्तै ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याट लगायतका सुविधा समेत उप्लब्ध रहेको जनाइएको छ। यस योजनाअन्तर्गत ग्राहकले रिटेलकर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशासनिक शुल्कमा शून्य दशमलब २५ प्रतिशत सम्मविशेष छुट समेत प्राप्त गर्न सक्नेछन्।
एनएमबी दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधि प्राप्त गरेकाे बैंक हो।
एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफदिइयर नेपाल’प्राप्तगरि सकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।