काठमाडौं– नेपाल टेलिकमले नयाँ प्याकेज 'इन्डिया भ्वाइस प्याक' ल्याएको छ। टेलिकमका अनुसार यो प्याकेज बुधबारदेखि शुरु भएको छ।
टेलिकमका ग्राहकहरुले आफूलाई चाहे अनुसार दैनिक, साप्ताहिक र मासिक प्याकेज प्रयोग गर्न सक्नेछन्। इन्डिया भ्वाइस प्याक दैनिक अफर अन्तर्गत २४ घण्टामा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध रहेको टेकिलमले बिहिबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
त्यसैगरी विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश रु. २५९ मा र रु. ७५९ मा उपलब्ध छन्।
एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनैपनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ।
यो प्याकेज खरिद गर्नका लागि आफ्नो मोबाइलबाट ८१४१५३ डायल गरी ठ नम्बर छनौटपश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिनेछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।