• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

विश्वास गुमाउँदै सहकारी, निक्षेप निकाल्नेको संख्या बढ्न थालेपछि तरलताको अभाव

64x64
सुमित्रा कार्की बिहीबार, भदौ २, २०७९  १४:१५
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा समस्याग्रस्त बनेको छ। 

करिब १२/१३ दिनयता सहकारी संस्थाका सञ्चालक र उच्च पदाधिकारी सम्पर्कविहीन भएको कारण सहकारी विभागमा उजुरी दिन आफूहरु बाध्य भएको पीडित बचतकर्ता विजय रञ्जितले बताए।

आफूलगायत हजारौं बचतकर्ताको अर्बौं रुपैयाँ लिएर सहकारीका सञ्चालक फरार भएको हल्ला बाहिर आएपछि आफूहरु सहकारीविरुद्ध उजुरी दिन बाध्य भएको रन्जितको भनाइ छ। उनका अनुसार उक्त सहकारीले ५ हजार बचतकर्ता (सेयर सदस्य) को करिब ७ अर्ब रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ। 

बचतकर्ताको उजुरीका आधारमा गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम, उपाध्यक्ष निर्मला गौतम, सचिव राम गौतम, व्यवस्थापक रवीन्द्र विष्ट, सुपरभाइजर अनिल गौतम र लेखापाल सुनिता सिंहलाई पक्राउ गर्न सहकारी विभागले प्रहरीलाई पत्र लेखिसकेको थियो। उक्त सहकारी सञ्चालक समितिका अध्यक्ष गौतम आफैं सम्पर्कमा आएर बचतकर्ताको लगानी फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनलाई पैसा तिर्ने समय दिइएको रन्जित बताउँछन्। 

उनी भन्छन्, ‘सहकारीले साना बचतकर्ताको पैसा ६ महिनासम्म र ठूला बचत कर्ताको पैसा एक वर्षसम्ममा फिर्ता गर्छु भनेको छ। त्यसैले हामी सबैजना बचतकर्ताले उक्त समयसम्म सहकारीलाई विश्वास गरेर कुर्ने निर्णय गरेका छौं।’ 

यसैगरी, ललितपुरको सातदोबाटोमा कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले नियम विपरीत लगानी गर्दा संस्था समस्यामा परेको सहकारी विभागले जानकारी दिएको छ। सहकारी ऐन, नियमावली विपरीत आफूखुसी जग्गा तथा निजी व्यवसायमा लगानी गर्दा उक्त संस्था डुबेको हो। संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंले आफूखुसी लगानी गरेको र संस्थामा नगद देखाई उक्त रकम आफैं चलाउने गरेको पाइएको सहकारी विभागको भनाइ छ। संस्था समस्यामा परेको थाहा पाएसँगै बचत निकाल्ने बचतकर्ताको संख्या पनि बढेको छ। 

यता, सुनसरी जिल्लाको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाले पनि बचतकर्ताको बचत फिर्ता गर्न नसक्दा समस्यामा परेको छ। संस्थाको समस्या समाधान गर्न छानबिन समिति गठन भएको छ। समितिले सञ्चालकको सम्पत्ति रोक्का गरेको छ। पीडित सेयर सदस्यले निक्षेप फिर्ता दिलाउन धरान उपमहानगरपालिकामा केही दिनअघि घेराउ गर्दै मेयर हर्क साम्पाङ राईविरुद्ध नाराबाजीसमेत गरेका थिए। 

सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्याय भन्छन्, ‘बराह सहकारी धरानको एउटा सहकारी संस्था हो। यो संस्थाले ठगी गर्‍यो भन्ने बचतकर्ताले धरान उपमहानगरपालिकामा उजुरी दर्ता गराउनु भएको छ। त्यहाँको समस्या समाधान गर्न पालिकाले संयन्त्र बनाएर काम गरिरहेको छ।’

Ncell 2
Ncell 2

सहकारीलाई सुरुमा स्थानीय तह र प्रदेशले नियमन गर्ने भएको कारण उक्त सहकारीको समस्या समाधानको क्षेत्राधिकार सम्बन्धित स्थानीय तहकै भएको उनी बताउँछन्। 

गौतम श्री, बराह र देउराली सहकारीमा देखिएको समस्या सहकारी क्षेत्रमा देखा परेको उदाहरण घटनाक्रममात्रै हुन् । 

पछिल्लो समय सहकारी क्षेत्रमा ठगीधन्दा व्यापक रुपमा बढेको छ। सहकारी संस्था बचतकर्तामुखी नभइ सञ्चालकहरुको स्वार्थमा चल्दा संस्थामा समस्या देखिएको जानकारहरु बताउँछन्। गौतम श्री सहकारीमा समस्या आएको थाहा पाएपछि बचतकर्ताहरुले निक्षेप अवधि पूरा नहुँदै जरिवाना तिरेर धमाधम आफ्नो पैसा निकालिरहेको सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल बताउँछन्। 

पछिल्लो समय सहकारीमा यस्तो समस्या बारम्बार दोहोरिने गरेको छ। सहकारी विभागका सूचना अधिकारी उपाध्यायकाअनुसार सहकारी विभागमा सामान्य गुनासाहरु दैनिक रुपमा आइरहेको हुन्छन्। ‘हामीले दैनिक त्यसको रेकर्ड राख्ने गरेका छैनौं। हामीले गर्न सक्ने र मिलाउन सक्ने कामहरु सबै गरेर उहाँहरुलाई पठाउँछौं,’ उनी भन्छन्, ‘आर्थिक वर्ष २०७८/०७९ मा ३०० भन्दा बढी लिखित उजुरी परेका छन्। चालू आर्थिक वर्षको कुरा गर्ने हो भने गौतम श्री सहकारीका बचतकर्ताबाट ठूलो संख्यामा उजुरी आएको छ। यसैगरी, काठमाडौं बाहिरका केही जिल्लाका सहकारीमा पनि यस्तो समस्या देखिने गरेको छ। त्यसलाई हामीले यहाँबाट गर्ने काम कारबाही गरिरहेका छौं।’

एउटा संस्थामा यस्तो समस्या आउँदा बचतकर्ताहरुले सबै संस्थामा समस्या छ भन्ने बुझ्ने र दौडधूप गर्दा अहिले अधिकांश सहकारी संस्थामा केही समस्या देखिनसक्ने उनी बताउँछन्। ‘एउटा संस्थामा समस्या आउँदा अन्यमा पनि समस्या आउन सक्छ भनेर मान्छेहरु सचेत हुनु राम्रो हो। तर, हाम्रो बानी के छ भने एउटा संस्थामा समस्या आयो भने सबैमा समस्या आउँछ भनेर बुझ्ने गलत प्रवृत्ति छ,’ उनी थप्छन्, ‘अनि अर्को कुरा हाम्रो कमजोरी भनेको जब बाहिर समस्या आउँछ तबमात्र बुझ्न थाल्ने। अरु समयमा संस्थाबारे केही चासो नराख्ने बानीले पनि समस्या देखिएको छ।’

कुनै पनि सहकारी संस्थाको बचतकर्ता होस् वा सेयर लगानीकर्ता दुवैले आफूले पैसा राखेको संस्थाले उद्देश्यअनुसार काम गरेको छ/छैन त्यसको जानकारी बेला–बेलामा लिइरहँदा पनि समस्याको केही हदसम्म समाधान गर्न सकिने उनी बताउँछन्। 

उनी भन्छन्, ‘अहिले गौतम श्री र देउराली सहकारीको समस्यापछि अरु संस्थामा पनि विथ ड्र गर्नेक्रम बढेको छ। जसले गर्दा एकैपटक सहकारीहरुलाई बचतको पैसा फिर्ता दिन समस्या पर्‍यो भन्ने कुरा साँचो हो। यस्ता समस्या लिएर सहकारी कम्पनीहरु राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडमा आउने गरेका छन्।’ 

सहकारीले अहिले निक्षेपको ८० प्रतिशत ऋण लगानी गरेका छन्। अहिले नै ८० प्रतिशत ऋण उठाउन सक्ने अवस्था नरहेको कडेँल बताउँछन्। जसले गर्दा चलिरहेको सहकारीमा पनि समस्या देखिन थालेको उनको बुझाइ छ।  

यही अवस्था रहे सबै सहकारी बन्द गर्नुपर्ने अवस्था आउँछः सहकारी कम्पनी
काठमाडौंको न्युरोडस्थित एक सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष आफ्नो नाम न खुलाउने सर्तमा भन्छन्, ‘केही सहकारी संस्थामा आएको समस्याले अहिले यहाँ सञ्चालनमा रहेका अधिकांश सहकारी संस्थामा कसरी बचतकर्ताको पैसा फिर्ता गर्ने भन्ने चिन्ता बढेको छ। उनले भने, ‘यसलाई तत्काल समाधान गर्न राज्यको ध्यान गएन भने सञ्चालनमा रहेका अधिकांश सहकारीहरु बन्द गर्नुपर्ने अवस्था आउँछ।’

अहिले देशैभर सहकारी क्षेत्रमा यस्तो समस्या देखिएकाले सबै ठाउँको सहकारी संकटमा पर्नसक्ने उनी बताँछन्। ‘गैरकानुनी काम गर्ने सहकारी त समस्या परे। तर, त्यसले गर्दा राम्रो काम गरेर केही गर्न खोज्ने सहकारीलाई पनि अहिलेको समयमा टिक्न गाह्रो छ’, उनी भन्छन्। 

कोभिड–१९ को संक्रमण र रुस–युक्रेन युद्धको प्रभावले विश्वव्यापी रुपमा देखा परेको आर्थिक मन्दीले गर्दा लगानीमा गएको ऋण नउठ्ने र आवधिक बचत भनेर राखेको पैसा फिर्ता लिनेक्रम बढेसंगै सहकारीमा तरलताको समस्या देखिन थालेको महासंघका अध्यक्ष कडेँल बताउँछन्। 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक बस्दै शुक्रबार, माघ ९, २०८२
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने शुक्रबार, माघ ९, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना शुक्रबार, माघ ९, २०८२
आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै शुक्रबार, माघ ९, २०८२
आज यी ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना समेत पर्ने शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्