• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

विश्वास गुमाउँदै सहकारी, निक्षेप निकाल्नेको संख्या बढ्न थालेपछि तरलताको अभाव

64x64
सुमित्रा कार्की बिहीबार, भदौ २, २०७९  १४:१५
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा समस्याग्रस्त बनेको छ। 

करिब १२/१३ दिनयता सहकारी संस्थाका सञ्चालक र उच्च पदाधिकारी सम्पर्कविहीन भएको कारण सहकारी विभागमा उजुरी दिन आफूहरु बाध्य भएको पीडित बचतकर्ता विजय रञ्जितले बताए।

आफूलगायत हजारौं बचतकर्ताको अर्बौं रुपैयाँ लिएर सहकारीका सञ्चालक फरार भएको हल्ला बाहिर आएपछि आफूहरु सहकारीविरुद्ध उजुरी दिन बाध्य भएको रन्जितको भनाइ छ। उनका अनुसार उक्त सहकारीले ५ हजार बचतकर्ता (सेयर सदस्य) को करिब ७ अर्ब रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ। 

बचतकर्ताको उजुरीका आधारमा गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम, उपाध्यक्ष निर्मला गौतम, सचिव राम गौतम, व्यवस्थापक रवीन्द्र विष्ट, सुपरभाइजर अनिल गौतम र लेखापाल सुनिता सिंहलाई पक्राउ गर्न सहकारी विभागले प्रहरीलाई पत्र लेखिसकेको थियो। उक्त सहकारी सञ्चालक समितिका अध्यक्ष गौतम आफैं सम्पर्कमा आएर बचतकर्ताको लगानी फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनलाई पैसा तिर्ने समय दिइएको रन्जित बताउँछन्। 

उनी भन्छन्, ‘सहकारीले साना बचतकर्ताको पैसा ६ महिनासम्म र ठूला बचत कर्ताको पैसा एक वर्षसम्ममा फिर्ता गर्छु भनेको छ। त्यसैले हामी सबैजना बचतकर्ताले उक्त समयसम्म सहकारीलाई विश्वास गरेर कुर्ने निर्णय गरेका छौं।’ 

यसैगरी, ललितपुरको सातदोबाटोमा कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले नियम विपरीत लगानी गर्दा संस्था समस्यामा परेको सहकारी विभागले जानकारी दिएको छ। सहकारी ऐन, नियमावली विपरीत आफूखुसी जग्गा तथा निजी व्यवसायमा लगानी गर्दा उक्त संस्था डुबेको हो। संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंले आफूखुसी लगानी गरेको र संस्थामा नगद देखाई उक्त रकम आफैं चलाउने गरेको पाइएको सहकारी विभागको भनाइ छ। संस्था समस्यामा परेको थाहा पाएसँगै बचत निकाल्ने बचतकर्ताको संख्या पनि बढेको छ। 

यता, सुनसरी जिल्लाको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाले पनि बचतकर्ताको बचत फिर्ता गर्न नसक्दा समस्यामा परेको छ। संस्थाको समस्या समाधान गर्न छानबिन समिति गठन भएको छ। समितिले सञ्चालकको सम्पत्ति रोक्का गरेको छ। पीडित सेयर सदस्यले निक्षेप फिर्ता दिलाउन धरान उपमहानगरपालिकामा केही दिनअघि घेराउ गर्दै मेयर हर्क साम्पाङ राईविरुद्ध नाराबाजीसमेत गरेका थिए। 

सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्याय भन्छन्, ‘बराह सहकारी धरानको एउटा सहकारी संस्था हो। यो संस्थाले ठगी गर्‍यो भन्ने बचतकर्ताले धरान उपमहानगरपालिकामा उजुरी दर्ता गराउनु भएको छ। त्यहाँको समस्या समाधान गर्न पालिकाले संयन्त्र बनाएर काम गरिरहेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

सहकारीलाई सुरुमा स्थानीय तह र प्रदेशले नियमन गर्ने भएको कारण उक्त सहकारीको समस्या समाधानको क्षेत्राधिकार सम्बन्धित स्थानीय तहकै भएको उनी बताउँछन्। 

गौतम श्री, बराह र देउराली सहकारीमा देखिएको समस्या सहकारी क्षेत्रमा देखा परेको उदाहरण घटनाक्रममात्रै हुन् । 

पछिल्लो समय सहकारी क्षेत्रमा ठगीधन्दा व्यापक रुपमा बढेको छ। सहकारी संस्था बचतकर्तामुखी नभइ सञ्चालकहरुको स्वार्थमा चल्दा संस्थामा समस्या देखिएको जानकारहरु बताउँछन्। गौतम श्री सहकारीमा समस्या आएको थाहा पाएपछि बचतकर्ताहरुले निक्षेप अवधि पूरा नहुँदै जरिवाना तिरेर धमाधम आफ्नो पैसा निकालिरहेको सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल बताउँछन्। 

पछिल्लो समय सहकारीमा यस्तो समस्या बारम्बार दोहोरिने गरेको छ। सहकारी विभागका सूचना अधिकारी उपाध्यायकाअनुसार सहकारी विभागमा सामान्य गुनासाहरु दैनिक रुपमा आइरहेको हुन्छन्। ‘हामीले दैनिक त्यसको रेकर्ड राख्ने गरेका छैनौं। हामीले गर्न सक्ने र मिलाउन सक्ने कामहरु सबै गरेर उहाँहरुलाई पठाउँछौं,’ उनी भन्छन्, ‘आर्थिक वर्ष २०७८/०७९ मा ३०० भन्दा बढी लिखित उजुरी परेका छन्। चालू आर्थिक वर्षको कुरा गर्ने हो भने गौतम श्री सहकारीका बचतकर्ताबाट ठूलो संख्यामा उजुरी आएको छ। यसैगरी, काठमाडौं बाहिरका केही जिल्लाका सहकारीमा पनि यस्तो समस्या देखिने गरेको छ। त्यसलाई हामीले यहाँबाट गर्ने काम कारबाही गरिरहेका छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एउटा संस्थामा यस्तो समस्या आउँदा बचतकर्ताहरुले सबै संस्थामा समस्या छ भन्ने बुझ्ने र दौडधूप गर्दा अहिले अधिकांश सहकारी संस्थामा केही समस्या देखिनसक्ने उनी बताउँछन्। ‘एउटा संस्थामा समस्या आउँदा अन्यमा पनि समस्या आउन सक्छ भनेर मान्छेहरु सचेत हुनु राम्रो हो। तर, हाम्रो बानी के छ भने एउटा संस्थामा समस्या आयो भने सबैमा समस्या आउँछ भनेर बुझ्ने गलत प्रवृत्ति छ,’ उनी थप्छन्, ‘अनि अर्को कुरा हाम्रो कमजोरी भनेको जब बाहिर समस्या आउँछ तबमात्र बुझ्न थाल्ने। अरु समयमा संस्थाबारे केही चासो नराख्ने बानीले पनि समस्या देखिएको छ।’

कुनै पनि सहकारी संस्थाको बचतकर्ता होस् वा सेयर लगानीकर्ता दुवैले आफूले पैसा राखेको संस्थाले उद्देश्यअनुसार काम गरेको छ/छैन त्यसको जानकारी बेला–बेलामा लिइरहँदा पनि समस्याको केही हदसम्म समाधान गर्न सकिने उनी बताउँछन्। 

उनी भन्छन्, ‘अहिले गौतम श्री र देउराली सहकारीको समस्यापछि अरु संस्थामा पनि विथ ड्र गर्नेक्रम बढेको छ। जसले गर्दा एकैपटक सहकारीहरुलाई बचतको पैसा फिर्ता दिन समस्या पर्‍यो भन्ने कुरा साँचो हो। यस्ता समस्या लिएर सहकारी कम्पनीहरु राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडमा आउने गरेका छन्।’ 

सहकारीले अहिले निक्षेपको ८० प्रतिशत ऋण लगानी गरेका छन्। अहिले नै ८० प्रतिशत ऋण उठाउन सक्ने अवस्था नरहेको कडेँल बताउँछन्। जसले गर्दा चलिरहेको सहकारीमा पनि समस्या देखिन थालेको उनको बुझाइ छ।  

यही अवस्था रहे सबै सहकारी बन्द गर्नुपर्ने अवस्था आउँछः सहकारी कम्पनी
काठमाडौंको न्युरोडस्थित एक सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष आफ्नो नाम न खुलाउने सर्तमा भन्छन्, ‘केही सहकारी संस्थामा आएको समस्याले अहिले यहाँ सञ्चालनमा रहेका अधिकांश सहकारी संस्थामा कसरी बचतकर्ताको पैसा फिर्ता गर्ने भन्ने चिन्ता बढेको छ। उनले भने, ‘यसलाई तत्काल समाधान गर्न राज्यको ध्यान गएन भने सञ्चालनमा रहेका अधिकांश सहकारीहरु बन्द गर्नुपर्ने अवस्था आउँछ।’

अहिले देशैभर सहकारी क्षेत्रमा यस्तो समस्या देखिएकाले सबै ठाउँको सहकारी संकटमा पर्नसक्ने उनी बताँछन्। ‘गैरकानुनी काम गर्ने सहकारी त समस्या परे। तर, त्यसले गर्दा राम्रो काम गरेर केही गर्न खोज्ने सहकारीलाई पनि अहिलेको समयमा टिक्न गाह्रो छ’, उनी भन्छन्। 

कोभिड–१९ को संक्रमण र रुस–युक्रेन युद्धको प्रभावले विश्वव्यापी रुपमा देखा परेको आर्थिक मन्दीले गर्दा लगानीमा गएको ऋण नउठ्ने र आवधिक बचत भनेर राखेको पैसा फिर्ता लिनेक्रम बढेसंगै सहकारीमा तरलताको समस्या देखिन थालेको महासंघका अध्यक्ष कडेँल बताउँछन्। 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्