काठमाडौं– महिलाहरुको पर्व हरितालिका तीज पर्ने भदौ महिनामा सनराइज बैंकले विभिन्न अफरहरु सार्वजनिक गरेको छ। बैंकले महिलाहरुका लागि यस महिना विशेष योजना ल्याएको हो।
तीजका लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै बैंकले भदौ १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशतसम्म वा ५ सय रुपैयाँ नबढ्ने गरी क्यासब्याक दिने व्यवस्था गरेको छ।
साथै, भदौ महिनाभर सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क डिम्याट, निःशुल्क मेरो सेयर, निःशुल्क क्रेडिट कार्डको व्यवस्था गरेको छ।
शुल्क तथा गरगहना राख्नका लागि लकर सुविधा लिन सकिनेछ। जसमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको बैंकले जनाएको छ।
सनराइज बैंकले सनराइज नारी बचत खातामा १० हजारसम्मको प्रसूति खर्च र ५ लाखसम्मको घातक रोग खर्च दिँदै आएको छ।
स्वास्थ्य योजनाअन्तर्गत १ लाखसम्मको स्वास्थ्य बीमा र ५ लाखसम्मको दुर्घटना बीमा समेत दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।