काठमाडौं– आउँदो चाड पर्वलाई मध्यनजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ।
एनएमबिका ग्राहकले अब बुद्ध एअर र यति एअरको एप र वेबबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन्।
क्यासब्याक सुविधाका लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने छ। यो सुविधा सीमित अवधिका लागि मात्र उपलब्ध रहनेछ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुट सम्बन्धि थप जानकारीका लागि [email protected]/[email protected] मा इमेल गर्न सकिने बैंकले जनाएको छ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।