काठमाडौं– काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १७८ जना सवारी चालक कारबाही परेका छन्।
यस्तै, लेन अनुशासन पालना नगर्ने ७९ सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका विभिन्न युनिटले उनीहरूलाई कारबाही गरेका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ८३, हर्न बजाउने १३२, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २८ र अन्य २, ८१८ गरि तीन हजार ३१७ वटा सवारी चालकलाई कारबाही गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।