मोरङ– सिद्धार्थ बैंकका ग्राहकले विराटनगर स्थित ह्यारिसन प्यालेसमा विभिन्न सेवामा छुट पाउने भएका छन् । सुविधा प्रदान गर्नेसम्बन्धी उक्त सम्झौतापत्रमा बैंक र प्यालेसबीच आज सम्झौता भएको छ ।
बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत र ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक शोभाना दुगरलेसम्झौता पत्रमा अस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले ह्यारिसन प्यालेसमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्गमार्पmत होटल बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशतसम्ममको छुट प्राप्त गर्न सक्नेछन् ।
सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
ग्राहकमैत्री प्रविधि भित्र्याउने क्रममा विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु जस्तै अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाताखोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागिआवेदनदिन सकिने जस्ता सुविधाहरु आफ्नो वेबसाइटमा रहेको बैंकले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।