काठमाडौं– प्रभु बैंक लिमिटेड र होटल सिताशरण प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
मंगलबार सम्पन्न भएको सम्झौतामा बैंकका जनकपुर शाखा कार्यालय प्रमुख अशोककुमार साह र होटल सिताशरणका महाप्रबन्धक कमलसिंह साउदले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
सम्पन्न सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरुले हाेटल सिताशरणद्धारा सञ्चालित फुड र वेभरेज सेवामा १० प्रतिशत र र लजिङ्ग सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्।
होटल सिताशरणमा सुविधा लिन चाहने प्रभुका ग्राहकले प्रभुको डेबिट र क्रेडिट कार्ड, मोबाइल र इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा उक्त सुविधाहरु पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।