काठमाडौं– सानिमा बैंकले परिवारका सदस्यहरुकालागि लक्षित गरी ‘सानिमा फेमिली सुपर सेभिङ्ग खाता’सञ्चालनमा ल्याएको छ।
यो योजना नेपालमै पहिलोपटक बैंकका ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी सम्पूर्ण परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी गर्न नपर्ने गरी रू. १ लाखसम्मको औषधी उपचार बीमासहितको खाता संचालनमा ल्याइएको हो।
वार्षिक आठ दशमलव तीन प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई रू. १० लाखको दुर्घटना बीमा, रू. ३ लाखको ६ घातक रोगहरुको उपचार बीमा, रू. २५ हजारको अवधिक जीवन बीमा र पाँच हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण प्याकेज जस्ता थप सुविधाको व्यवस्था गरेको सानिमा बैंकद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ।
यसबाट ग्राहकहरुलाई औषधी उपचार खर्च गरी बीमाबापत सोधभर्ना लिनुपर्ने झन्झटबाट छुट्कारा मिल्ने बैंकको दाबी छ। बैंकका ग्राहकले आफ्नो बीमा पोलिसी नं. उपलब्ध गराएर औषधी उपचार गराउन सक्नेछ। यो सुविधा अस्पताल भर्ना हुँदामात्र प्राप्त हुने जनाएको छ।
सानिमाले भिसा नेटवर्कका एटीएमबाट नेपालमा निःशुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा सेवामा ५० प्रतिशत छुट, निःशुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, निःशुल्क अमेरिकी डलर कार्ड (फर्स्ट टपअप), निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा आदिमा विशेष छुट प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।