काठमाडौं– प्रहरीले स्याङ्जाका एक जनालाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको छ।
उच्च अदालत पाटनको असार ६ गतेको फैसलाले ६ लाख रुपैयाँ तोकी फरार रहेका स्याङ्जा विरुवा गाउँपालिका–६ का २७ वर्षीय सन्जोक लम्साललाई पक्राउ गरेको हो।
बुधबार पक्राउ परेका उनलाई पाटन उच्च अदालतमा बुझाइएको प्रहरीले जनाएको छ। उनी हाल भक्तपूरको गट्ठाघरमा बस्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।