काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने उद्देश्यले मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ।
बैंकका ग्राहकले मोको डिजिटल वालेटमार्फत् आफ्नो डेबिट र क्रेडिट कार्ड सहज रुपमा लोड गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत् तथा खानेपानीको बिल भुक्तानी, हवाई जहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन्।
यसका अतिरिक्त, ग्राहकले मोकोको एपमार्फत भिजा, यूपीआई, अलिपे, नेपालपे, खल्ती, आईएमई पे, प्रभु पे, क्यू पेजस्ता क्यूआर स्क्यान गरी वस्तु तथा सेवा खरिद बापतको बिल भुक्तानी गर्न सक्नेछन्।
ग्राहकले डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लोड गरेपश्चात् भौतिक कार्ड साथमा नभए पनि मोको एपमार्फत् विद्युतीय भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।