• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २३, २०८३ Tue, Jul 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सेनाका भगौडा सिपाही र लडाकुको जेलमा भेट, छुटेपछि डाँका समूह खडा गरेर काठमाडौंमा आतंक

64x64
नेपाल लाइभ मंगलबार, साउन ३१, २०७९  १७:४०
1140x725

काठमाडौं– नेपाली सेनाका ‘भगौडा’ सिपाही र माओवादीका पूर्वलडाकु मिलेर डाँका समूह नै खडा गरेर डकैती गर्ने गरेको पाइएको छ। चोरी डकैतीको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका व्यक्तिको विगत केलाउँदा यस्तो तथ्य खुलेको हो।

अपराध अनुसन्धान कार्यालयले डकैती गरेको आरोपमा उपत्यकाका विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ का ३८ वर्षीय रामसिंह तामाङ, मकवानपुरको बागमती गाउँपालिका–८ का ३८ वर्षीय दिलबहादुर सिङतान, मकवानपुरकै बकैया–५ का ३५ वर्षीय सुशील भनिने बाबुलाल थिङ छन्।

उनीहरुमध्ये रामसिंह नेपाली सेनाका भगौडा सिपाही रहेका खुलेको छ। उनी यसअघि मानव बेचविखन तथा ओसार पसारको कसुरमा १० वर्ष जेल बसेर छुटेका पाइएको छ। उनी २०७४ सालमा जेलमुक्त भएका थिए। त्यस्तै, अर्का व्यक्ति दिलबहादुर भने माओवादीका पूर्वलडाकु रहेको पाइएको छ। उनी ललितपुरमा श्रवण खड्को हत्या गरी डकैती गरेको मुद्दामा ९ वर्ष जेल बसेर छुटेका व्यक्ति रहेका खुलेको छ।

दिलबहादुर र रामसिंहको नख्खु कारागारमा बस्दा चिनजान भएको थियो। जेलमा बसेकै बेला छुटेपछि लुट्ने योजना बनाएका उनीहरुले जेलबाट निस्केपछि १० जनाको डाँका समूह नै बनाएर काठमाडौं उपत्यकामा डकैती गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यो समूहले काठमाडौं उपत्यकामा दिउँसै लुटपाट गर्दै आएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताए। जबरजस्ती घरमा प्रवेश गर्ने र मान्छेहरुलाई नियन्त्रणमा लिएर नगद तथा सुन चाँदीका गरगहनाहरु लुटपाट गर्दै आएका पाइएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

साउन २४ गते दिउँसो साढे १२ बजेतिर मात्रै यो समूहले कीर्तिपुरस्थित नारायण बस्नेतको घरमा डकैती गरेको थियो। जबरजस्ती घरभित्र प्रवेश गरेर हतियार देखाउँदै मान्छेलाई नियन्त्रणमा लिएर उनीहरुले डकैती गरेको एसपी कोइरालाले बताए।

पछिल्लो केही सयममै यो समूहले उपत्यकाका ३ स्थानमा डकैती गरेको खुलेको छ। उपत्यका बाहिर पनि एक ठाउँमा डकैती गरेको पाइएको छ। यो समूहले मान्छेलाई नियन्त्रणमा लिने, मुखमा टेप लगाउने, प्रहरी हौं भन्दै खानतलासी गर्ने, अवैध सुन लुकाएर राखेको छस् भन्दै धम्की दिने गरेको पाइएको छ।

डकैती गर्नुभन्दा २/३ अगाडि घरको रेकी गर्ने, मान्छेको आवतजावतबारे जानकारी लिने र टिभी पुरानो छ भने भित्रको सामान बहुमुल्य हुन्छ, २ लाखसम्म आउँछ भन्दै घरभित्र प्रवेश गर्ने र मान्छेलाई नियन्त्रणमा लिएर डकैती गर्ने गरेको एसपी कोइरालाले बताए।

पक्राउ परेकाहरुबाट १ लाख ४२ हजार १०५ रुपैयाँ बरामद भएको छ। लुटपाटमा प्रयोग भएको खुकुरी, फलामको रड, मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। 

पक्राउ परेकाहरुमध्ये रामसिंह र दिलबहादुरलाई प्रहरी वृत्त कीर्तिपुर र बाबुलाललाई प्रहरी वृत्त बौद्ध पठाइएको छ। यो समूहमा १० रहेको बताइए पनि अन्य व्यक्ति भने अहिलेसम्म फरार छन्। १० जनाको समूहमध्ये ७ जना पटके लुटेरा भएको र ३ जना भने नयाँ सदस्य रहेको प्रहरीले जनाएको छ।

कीर्तिपुरमा भएको लुटपाटमा भने ६ जना संलग्न रहेको खुलेको छ। यही समूहले गत असार २० गते काभ्रेको बनेपास्थित सलामसिंह लामाको घरमासमेत डकैती गरेको थियो। यस घटनामा संलग्नमध्ये एक मिलन तामाङलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको थियो।

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरबाट रिलिज भएका ओपनर भएका ओपनर आशिफ लुम्बिनी लायन्समा
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ
एडीबीसँग सरकारले गर्‍यो २५ अर्ब ऋण सम्झौता
सम्बन्धित सामग्री
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ घटनामा संलग्न आरोपमा बैतडी घर भएका सुरेन्द्र भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए । आरोपी भट्ट... सोमबार, असार २२, २०८३
व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरुबाट शंकास्पद रुपमा नेपालमा रकम भित्र्याएको आरोप छ । उनले मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिक... बिहीबार, असार ११, २०८३
गैरकानुनी रुपमा नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न समयमा नेपाल प्रवेश गरेका ती नागरिक स्थायी परिचय खुल्ने कागजात र पासपोर्टबिनै तथा म्याद... बुधबार, असार १०, २०८३
ताजा समाचारसबै
जनकपुरबाट रिलिज भएका ओपनर भएका ओपनर आशिफ लुम्बिनी लायन्समा सोमबार, असार २२, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एडीबीसँग सरकारले गर्‍यो २५ अर्ब ऋण सम्झौता सोमबार, असार २२, २०८३
असारको तेस्रो सातासम्म देशभर ३२ प्रतिशत मात्रै रोपाइँ सोमबार, असार २२, २०८३
एनपीएल सिजन ३ को मिनि अक्सन सुरु सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
हालान्डको दुई गोलमा ब्राजिल नर्वेसँग पराजित सोमबार, असार २२, २०८३
सुनचाँदीको मूल्य घट्यो सोमबार, असार २२, २०८३
दश खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–१ गोलले हरायो सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्