काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १ अर्ब ४१ करोड रुपैयाँ बराबर ऋणमा रहेको पाइएको छ। प्रतिष्ठानले श्वेतपत्र जारी गर्दै १ अर्ब ४१ करोड घाटामा रहेको जनाएको छ।
साउन महिनाको शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको नियमित तलब भत्ता, अन्य सञ्चालन खर्च र विगतको दायित्व गरी कुल १ अर्ब ४१ करोड बराबर ऋण रहेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका नवनियुक्त रजिस्ट्रार प्रा. डा. सूर्य संग्रौलाद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ को प्रभावले बिरामीको चाप घटेको, एक शैक्षिक सत्रको विद्यार्थी भर्ना नै हुन नसकेको र २ वर्षदेखि प्रतिष्ठानको आम्दानी १ अर्ब भन्दा बढीले घटेको जनाइएकाे छ।
सरकारले कुनै राहत नदिएको र कुनै शिक्षक, कर्मचारीको सेवा सुविधा घटाउन सक्ने अवस्था नभएकाले पनि घाटामा गएको प्रतिष्ठानको दाबी छ। प्रतिष्ठान घाटा जानुमा सरकारीले जारी गरेको स्वास्थ्य बीमा कार्यक्रममा उपचारको दररेट एकदमै कम हुनलाई पनि मानिएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।