काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर बोकेर वञ्चरेडाँडा गएका गाडीहरू फेरि बाटोमै रोकिएका छन्। काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार प्रहरीले सुरक्षा नदिएको भन्दै गाडी चालकहरुले बाटोमा नै गाडी रोकेका हुन्।
‘फोहोर फाल्नको लागि विभिन्न प्रतिरोध हुँदै आएको थियो। आज फेरि चालकहरूले सुरक्षाको लागि प्रहरी नआएको भन्दै गाडी रोकेका छन्,’ उनले भने ‘हिजो अस्तीसम्म प्रहरीले फोहोर लैजाने गाडीहरूलाई सुरक्षा दिने गरेको थियो। आज प्रहरी गएको थिएन। तर अहिले भने प्रहरीको टोली आलेटार पुगेको खबर आएको छ।’
महानगरका अनुसार फोहोर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।