काठमाडौं– काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्लम्बर ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
केयुकेएलको महाकाल चौर शाखा कार्यालयका कार्यरत सिनियर प्लम्बर गणेश बहादुर खुलालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
अख्तियारका अनुसार प्लम्बर खुलालले खानेपानीको धारा जडानका लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएका हुन्।
अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले खुलाललाई घुस रकम लिइसकेको अवस्थामा मंगलबार उनकै कार्यकक्षबाट पक्राउ गरेको हो। पक्राउ परेका खुलालमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।