काठमाडौं–गायिका मेलिना राईले इन्गेजमेन्ट तोड्ने आफ्नो निर्णय ‘पितृसत्तात्मक सोचको विरुद्ध’ रहेको बताएकी छन्।
सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले इन्गेजमेन्ट गर्ने आफ्नो निर्णय ‘समाजमा विद्यमान जातीय विभेदविरुद्ध’ रहे पनि त्यसलाई तोड्ने निर्णय पितृसत्तात्मक सोचका विरुद्ध रहेको बताएकी हुना्।
उनले लेखेकी छन्, ‘मेरो विचारमा मान्छे–मान्छेबीचमा हुने सबैखाले अन्यायको अन्त्य हुनुपर्छ। समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ।’
गायिका राईले गत साउन २० गते प्रेमी सञ्जीव बराईलीसँग ईन्गेजमेन्ट तोडेको सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिईन्। सञ्जीव गितारिष्ट हुन्। उनीहरु ईन्गेजमेन्ट गरेको छोटो समयमा नै अलग भएका थिए। मेलिना र सञ्जीवले ईन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दा सामाजिक सञ्जालमा बहसको विषय बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।