फाइल तस्बिर
काठमाडौं- नेपाली सेनाले अमेरिकी सेनासँग संयुक्त तालिम गर्ने भएको छ । यही साउन ३३१ गते देखि भदौ ३१ गतेसम्म एक महिना ‘एक्स–ब्यालेन्स नेल २२-५५३०’ तालिम संचालन गर्ने भएको हो ।
नेपाली सेनाका अनुसार यो तालिम विगतकै निरन्तरतामा उनन्चालिसौं संस्करण रहेको र यसमा सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गतका रेञ्जर गणहरु सहभागी हुने नेपाली सेनाले सोमबार जनाएको छ ।
तालिममा नेपाली सेनाबाट ८० जना र अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सहभागी हुने जनाइएको छ । उक्त संयुक्त तालिममा ‘ल अफ आर्म कन्फ्लिक्ट, मिलिटरी डिसिजन मेकिङ प्रोसेस लगायत विषयमा तालिम दिइनेछ । तालिम छाउनी, नगरकोट, इलाकामा संचालन हुने सेनाले जनाएको छ ।
उक्त संयुक्त तालिममा अमेरिकी सेनाको टुकडीको कमाण्ड क्याप्टेन ब्ल्याक डुकटेलले गर्ने भएका छन् । डुकटेलको नेतृत्वमा सेना टोली सोमबार नै नेपाल आइपुगेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।