• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

फेरि देख्न थालिएको एकदिवसीय र टेस्टको ‘दिवा सपना’

64x64
दीप सुवेदी सोमबार, साउन ३०, २०७९  ०७:०३
1140x725

काठमाडौं– उपलब्धि हासिल गर्न जति कठिन हुन्छ, त्यसलाई जोगाइराख्न त्योभन्दा बढी चुनौतीपूर्ण। क्रिकेटलाई नै हेर्ने हो भने एकदिवसीय पाउनुअघि नेपालले टी–२० अन्तर्राष्ट्रिय मान्यता पाइसकेको थियो, जुन एक वर्ष पनि टिक्न सकेन। 

सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकपमा हङकङविरूद्धको खेल नेपालका लागि पहिलो टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त थियो। त्यसपछि नेपालले २०१५ जुलाईमा नेदरल्यान्ड्समा भएको आईसीसी विश्वकप क्वालिफायरमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त टी–२० खेल खेल्यो।

त्यतिखेर समूह ‘बी’ मा रहेको नेपालले ६ मध्ये ३ खेल खेलेर मात्रै टी–२० को मान्यता पाएको थियो। अंक तालिकाको पुछारमा रहेपछि नेपाल टी–२० विश्वकपमा छनोट हुन त सकेन नै अन्तर्राष्ट्रिय मान्यतासमेत गुमाउन पुग्यो। त्यसको मुख्य कारण नेपाल क्रिकेट संघ (क्यान) नै थियो। दलीय स्वार्थको दलदलमा फसेको नेपाली क्रिकेटको नेतृत्वदायी संस्था क्यान आर्थिक अपारदर्शिताको पनि पर्याय बन्न पुग्यो। स्वार्थको गठजोडमा समानान्तर समितिको भाँडभैलो मौलाउँदै जाँदा उकालो लागिरहेको क्रिकेटले एकाएक ओरालो लय समाउन पुग्यो। त्यसकै परिणाम थियो– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को निलम्बन।

क्यान निलम्बन गर्नु परेपनि नेपाली क्रिकेटको उदाउँदो भविष्यबारे आईसीसी जानकार थियो। आईसीसी नेपाली टोलीलाई माथिल्लोस्तरमा पुर्या उन उत्प्रेरकको भूमिका निर्वाह गर्दै विश्वमै क्रिकेटको लोकप्रियता बढाउन चाहन्थ्यो। त्यसैले पनि उसले क्यान निलम्बित हुँदाहुँदै पनि नेपाली क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिनबाट बञ्चित गरेन। 

प्रतिफल, विश्व क्रिकेट लिग डिभिजन–२ को उपविजेता बन्दै नेपालले जिम्बाब्वेमा आयोजना भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्न टिकट काट्यो। २०७४ सालको अन्त्यतिर आयोजना भएको प्रतियोगितामा नेपाली टोली ‘सुपर सिक्स’मा पुग्न असफल भयो। समूह ‘ए’ मा रहेको नेपालले हङकङलाई ५ विकेटले पराजित गर्नबाहेक जिम्बाब्वे, स्कटल्यान्ड  र अफगानिस्तानसँग नमिठो हार बेहोर्‍यो ।

1645537144_Nepali-Cricket-team.jpg

‘प्ले अफ’को खेलमा नेपालले पपुवा न्यू गिनीलाई ६ विकेटले पराजित गर्‍यो। अर्को ‘प्ले अफ’मा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपाली क्रिकेटमा एक ऐतिहासिक उपलब्धि थपियो। कमजोर प्रदर्शनका बाबजुद नेपाली टोलीले त्यसबेला आईसीसीबाट चार वर्षका लागि एकदिवसीय मान्यता पायो। 

जुन खेलाडी, प्रशिक्षक र व्यवस्थापकको मात्र होइन, आम नेपालीकै सपना थियो। १९९६ मा पहिलोपल्ट आईसीसीको एसोसिएट सदस्य राष्ट्र बनेपछि भने नेपाली क्रिकेटको आधुनिक कालखण्ड सुरू भएको थियो। त्यसयताकै सबैभन्दा ठूलो उपलब्धि मानिन्छ, एकदिवसीय मान्यता।

Ncell 2
Ncell 2
nimb
nimb

एक हिसाबले क्रिकेटको भविष्य अनिश्चित र अन्धकार भएको बेला खेलाडीहरूकै आत्मबल र क्षमताकै भरमा नेपाली टोलीले यो उपलब्धि हासिल गरेको थियो। तर, सधैं प्रश्न उठ्थ्यो– एकपल्ट पाइसकेको टी–२० अन्तर्राष्ट्रिय मान्यता गुमाएको नेपाली क्रिकेटले के एकदिवसीय मान्यता जोगाइराख्ला ? 

यसको सहजै उत्तर हुन्थ्यो–निकै चुनौतीपूर्ण छ। किनभने प्रतियोगिता जितेर फर्कंदा खेलाडीले जुन वाहीवाही र नगद पुरस्कार पाए त्यो दीर्घकालीन भएन। यता, खेल्ने संरचनामा पनि क्यानले चासो देखाउन सकेन। त्यतिमात्रै होइन, ल्याएको विदेशी प्रशिक्षकलाई पनि सम्झौता अवधिभर टिकाउन सकेन। केही प्रशिक्षक क्यानकै असहयोगका कारण बिचैमा नेपाल छाडेर अन्यत्र गए भने केहीलाई टोलीमा मौलाउँदै गएको गुट–उपगुटले बस्न दिएन। फलत: नेपाली क्रिकेटले जुन उपलब्धि पाएको थियो त्यो आज एकादेशको कथा बन्ने संघारमा छ। अर्थात् एकदिवसीय मान्यता गुम्ने अवस्थामा छ।

सही तरिकाले कहिले चल्ला क्यान?
राष्ट्रिय टोलीका पूर्वकप्तान एलबी क्षेत्री नेपाली क्रिकेटको जुन अवस्था आइपुगेको छ त्यसलाई ल्याउन क्यानका पदाधिकारी नै मुख्य दोषी रहेको बताउँछन्। क्यानमा बढ्दो राजनीतिक भाँडभैलो, विदेश घुम्ने मोह र आफूखुशी निर्णय गर्ने प्रवृत्तिका कारण नेपाली क्रिकेट दुर्घटनाको सम्मुखमा पुगेको उनको तर्क छ।

‘क्यान खेलाडीको हकहितका लागि चल्नुपर्ने संस्था हो। तर, अहिले आफ्नो स्वार्थ अनकूल चलाइरहेका छन्। खेल खेलाउने मैदान, नियमित घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र खेलाडी तथा प्रशिक्षक टिकाउने स्पष्ट योजना नै छैन। न त विज्ञहरूसँग सल्लाह र सुझाव लिने प्रचलन छ। जे मनमा लाग्यो त्यही छ। त्यसैले नेपाली क्रिकेट दुर्घटनातिर धकेलिरहेको छ,’ उनी भन्छन्।

Xtrem

Xtrem

क्यानले एकदिवसीय मान्यतालाई केन्द्रमा राख्दै टेस्ट हैसियत प्राप्त गर्ने मार्गसम्म पुर्याेउन क्षेत्रीले भनेको जस्तै सही योजनाको खाका कोरेर अगाडि बढ्नुपर्ने थियो। यसका लागि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सक्ने पूर्वाधार, खेलाडीलाई ‘एक्स्पोजर’, घरेलु संरचनामा ध्यान दिन जरूरी थियो। यति गर्न क्यानले सबैसँग हातेमालो गर्दै ‘हेस्टेमा हैंसे’ गरेको भए कसैको कद सानो हुँदैनथियो। 

तर, क्यान यसबीचमा आफ्नै आन्तरिक द्वन्द्वमा अल्झियो। चतुरबहादुर चन्दलाई क्यानको अध्यक्षमा जिताउन हातेमाले गर्दै अगाडि बढेका केही पदाधिकारीले बिचैमा पाइला मोड्न पुगे। यता, क्यान र खेलाडीको पनि सम्बन्ध चिसिन पुग्यो। क्यानले सञ्चारमाध्यममा बोलेकै निहुँमा ज्ञानेन्द्र मल्लबाट कप्तानी र दीपेन्द्रसिंह ऐरीबाट उपकप्तानी मात्रै खोसेन सोमपाल कामी र कमलसिंह ऐरीलाई समेत कारबाही गर्दै हतोत्साही गर्ने काम गर्‍यो।

1606310834_Gyanendra-Malla.jpg
ज्ञानेन्द्र मल्ल।

त्यो कारबाहीको असर टोलीको प्रदर्शनमा मात्रै परेन, क्यानले कप्तानी सुम्पिएको स्पिनर सन्दीप लामिछानेलाई समेत पर्‍यो। यता, डिभिजन ५ देखि टी–२० विश्वकपसम्मको यात्रा तय गराइदिएका मुख्य प्रशिक्षक पुबुदु दासानायके त ६ महिनामै कान समात्दै नेपाल छाडेर स्वदेश फर्किनुपर्‍यो । पछिल्लो घटनाक्रमको मुख्य कारण क्यान बलियो नहुनु नै। यसले न क्यानलाई फाइदा गर्‍यो न खेलाडी नै।

फेरि देखेको ‘दिवा सपना’    
‘अनदेखा र अनसुना’ गर्दा क्यानले एकै वर्षमा दोस्रो प्रशिक्षकको रूपमा भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरलाई भित्र्याउन पर्‍यो। अहिले क्यान उनै मनोजको योजना सुन्दै ‘दिवा सपना’मा लठ्ठ पर्न थालेको छ। एक वर्षको सम्झौता गर्दै नेपाली टोली सम्हाल्न आएका मनोजसँग निकै कम समय छ। तर, उनीसँग जति कम समय छ, त्योभन्दा कयौं गुणा ठूला सपनाका पोका छन्। जुन पोकाको गाँठो पुबुदुले पनि विगतमा खोलेका थिए।

मनोज भन्छन्,‘नेपाली टिममा धेरै युवा खेलाडी छन्। यो टिमले थोरै समयमा राम्रो नतिजा ल्याउन सक्ने देखेको छु। एकदिवसीय र टेस्ट टेक्निकको कुरा हो। टेक्निक छ भने खेलाडीले जुनसुकै स्तरमा प्रदर्शन गर्नसक्छ। उनीहरूलाई सिकाउन सजिलो हुन्छ। मेरो योजना पहिला टेक्निकमा काम गर्ने हुनेछ। यसमा सफल भए अवश्य नै टेस्ट खेल्न सक्छौं।’

Manoj-Prabhakar1660527203.jpg

हुन त भारतका सफल क्रिकेटर मानिएका पूर्वअलराउन्डर मनोजले एकदिवसीय मान्यताप्राप्त देशको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेको यो नै पहिलोपल्ट हो। यसअघि उनले २०१६ को टी–२० विश्वकपमा अफगानिस्तानको बलिङ प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। भारतीय घरेलु क्रिकेटमा दिल्लीको बलिङ र राजस्थानको मुख्य प्रशिक्षकको रूपमा काम गरेका मनोजले क्यानसामू ब्याटिङ सुधार गर्ने योजना पेस गरेका छन्।

नेपाली टोलीको ब्याटिङ पछिल्लो समयमा खस्किँदै गएको छ। श्रीलंकालाई विश्वकप दिलाएका डेभ वाट्मोर मुख्य प्रशिक्षक भएर नेपाल आउँदा आक्रमक देखिएको ब्याटिङ विस्तारै ‘डिफेन्स’मा परिवर्तन हुँदै गएको छ। ब्याटिङका कारण नै नेपालले यही वर्ष अस्ट्रेलियामा आयोजना हुने विश्वकप खेल्ने मौका गुमायो। 

यता, एकदिवसीय विश्वकपको ‘रोडम्याप’को रूपमा रहेको क्रिकेट विश्वकप लिग–२ मा पनि जितिसकेको केही खेल गुमाउनु पर्‍यो। एकदिवसीय मान्यता पाएका ७ एसोसिएट देशबीचको ३ वर्ष लामो प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका २० खेलमध्ये ११ खेलमा हार बेहोरेको छ। अब खेल्न बाँकी १६ मध्ये अधिकतम खेल जित्नुपर्ने दबाबमा छ नेपाल।

मनोज आफ्नो पहिलो र मुख्य लक्ष्य नै बाँकी रहेका खेलहरू अधिकांश जित्नु रहेको बताउँछन्। तर, उनले यसका लागि २/३ महिनाको समयसीमा मागे गरेका छन्। ‘मैले सबै ब्याट्सम्यानहरूसँग भेटेँ। उनीहरूले इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्दा रहेछन्। उनीहरू आईपीएलमा जस्तै हार्ड हिटिङ (छक्का) प्रहार गर्न खोज्छन्। तर, त्यो सही टेक्निकमा देखिँदैन। म उनीहरूलाई सही टेक्निकमा ब्याटिङ गर्न सिकाउँछु। तर, मलाई २/३ महिना समय चाहिन्छ,’ उनले भने।

मनोजले सही टेक्निक प्रयोग गर्दा जुनसुकै फर्म्याटमा जुनसुकै बेला रन बनाउन सकिने धारणा राख्छन्। त्यसैले पनि उनी टेक्निकमा फोकस देखिन्छन्। तर, उनले भनेजस्तो क्यान र नेपाली टोलीसँग काम गर्न भने उति सजिलो भने छैन।

Manoj1660527255.jpg

एक त नेपालमा घरेलु प्रतियोगिता छैन भने अन्तर्राष्ट्रिय खेल खेलाउन पनि अरूको भर पर्नुपर्ने स्थिति छ। क्यान र खेलाडी अहिले दुई समूहमा विभाजन भएका छन्। त्यतिमात्रै होइन, खेलाडीहरूमा पनि गुट र उपगुट कायमै छ। यो गुट र उपगुट न क्यानले अन्त्य गर्न सक्यो न त खेलाडीनजिक रहेका भनिएका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले नै।

त्यसैले पनि मनोजसँग ठूलो चुनौती छ। तर, उनी भन्छन्,‘एकताले मात्र हामीलाई सफलता दिल्छ। ‘कहते है ना–नालायक बच्चेको मनिटर बनादिया जाते है। यदि कसैले अमिल्दो कुरा गर्छ भने उसैलाई जिम्मेवारी दिनुपर्छ। उसलाई तिमीले खेल जित्नुपर्छ भनेर दबाव दिनुपर्छ। त्यस्तो बेलामा नतिजा प्रभावकारी हुनसक्छ।’

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
एमालेले बोलायो स्थायी कमिटी बैठक बुधबार, असोज २१, २०८३
आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने बुधबार, असोज २१, २०८३
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा बुधबार, असोज २१, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्