• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर २५, २०८२ Thu, Dec 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

फेरि देख्न थालिएको एकदिवसीय र टेस्टको ‘दिवा सपना’

64x64
दीप सुवेदी सोमबार, साउन ३०, २०७९  ०७:०३
1140x725

काठमाडौं– उपलब्धि हासिल गर्न जति कठिन हुन्छ, त्यसलाई जोगाइराख्न त्योभन्दा बढी चुनौतीपूर्ण। क्रिकेटलाई नै हेर्ने हो भने एकदिवसीय पाउनुअघि नेपालले टी–२० अन्तर्राष्ट्रिय मान्यता पाइसकेको थियो, जुन एक वर्ष पनि टिक्न सकेन। 

सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकपमा हङकङविरूद्धको खेल नेपालका लागि पहिलो टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त थियो। त्यसपछि नेपालले २०१५ जुलाईमा नेदरल्यान्ड्समा भएको आईसीसी विश्वकप क्वालिफायरमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त टी–२० खेल खेल्यो।

त्यतिखेर समूह ‘बी’ मा रहेको नेपालले ६ मध्ये ३ खेल खेलेर मात्रै टी–२० को मान्यता पाएको थियो। अंक तालिकाको पुछारमा रहेपछि नेपाल टी–२० विश्वकपमा छनोट हुन त सकेन नै अन्तर्राष्ट्रिय मान्यतासमेत गुमाउन पुग्यो। त्यसको मुख्य कारण नेपाल क्रिकेट संघ (क्यान) नै थियो। दलीय स्वार्थको दलदलमा फसेको नेपाली क्रिकेटको नेतृत्वदायी संस्था क्यान आर्थिक अपारदर्शिताको पनि पर्याय बन्न पुग्यो। स्वार्थको गठजोडमा समानान्तर समितिको भाँडभैलो मौलाउँदै जाँदा उकालो लागिरहेको क्रिकेटले एकाएक ओरालो लय समाउन पुग्यो। त्यसकै परिणाम थियो– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को निलम्बन।

क्यान निलम्बन गर्नु परेपनि नेपाली क्रिकेटको उदाउँदो भविष्यबारे आईसीसी जानकार थियो। आईसीसी नेपाली टोलीलाई माथिल्लोस्तरमा पुर्या उन उत्प्रेरकको भूमिका निर्वाह गर्दै विश्वमै क्रिकेटको लोकप्रियता बढाउन चाहन्थ्यो। त्यसैले पनि उसले क्यान निलम्बित हुँदाहुँदै पनि नेपाली क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिनबाट बञ्चित गरेन। 

प्रतिफल, विश्व क्रिकेट लिग डिभिजन–२ को उपविजेता बन्दै नेपालले जिम्बाब्वेमा आयोजना भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्न टिकट काट्यो। २०७४ सालको अन्त्यतिर आयोजना भएको प्रतियोगितामा नेपाली टोली ‘सुपर सिक्स’मा पुग्न असफल भयो। समूह ‘ए’ मा रहेको नेपालले हङकङलाई ५ विकेटले पराजित गर्नबाहेक जिम्बाब्वे, स्कटल्यान्ड  र अफगानिस्तानसँग नमिठो हार बेहोर्‍यो ।

1645537144_Nepali-Cricket-team.jpg

‘प्ले अफ’को खेलमा नेपालले पपुवा न्यू गिनीलाई ६ विकेटले पराजित गर्‍यो। अर्को ‘प्ले अफ’मा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपाली क्रिकेटमा एक ऐतिहासिक उपलब्धि थपियो। कमजोर प्रदर्शनका बाबजुद नेपाली टोलीले त्यसबेला आईसीसीबाट चार वर्षका लागि एकदिवसीय मान्यता पायो। 

जुन खेलाडी, प्रशिक्षक र व्यवस्थापकको मात्र होइन, आम नेपालीकै सपना थियो। १९९६ मा पहिलोपल्ट आईसीसीको एसोसिएट सदस्य राष्ट्र बनेपछि भने नेपाली क्रिकेटको आधुनिक कालखण्ड सुरू भएको थियो। त्यसयताकै सबैभन्दा ठूलो उपलब्धि मानिन्छ, एकदिवसीय मान्यता।

Ncell 2
Ncell 2

एक हिसाबले क्रिकेटको भविष्य अनिश्चित र अन्धकार भएको बेला खेलाडीहरूकै आत्मबल र क्षमताकै भरमा नेपाली टोलीले यो उपलब्धि हासिल गरेको थियो। तर, सधैं प्रश्न उठ्थ्यो– एकपल्ट पाइसकेको टी–२० अन्तर्राष्ट्रिय मान्यता गुमाएको नेपाली क्रिकेटले के एकदिवसीय मान्यता जोगाइराख्ला ? 

यसको सहजै उत्तर हुन्थ्यो–निकै चुनौतीपूर्ण छ। किनभने प्रतियोगिता जितेर फर्कंदा खेलाडीले जुन वाहीवाही र नगद पुरस्कार पाए त्यो दीर्घकालीन भएन। यता, खेल्ने संरचनामा पनि क्यानले चासो देखाउन सकेन। त्यतिमात्रै होइन, ल्याएको विदेशी प्रशिक्षकलाई पनि सम्झौता अवधिभर टिकाउन सकेन। केही प्रशिक्षक क्यानकै असहयोगका कारण बिचैमा नेपाल छाडेर अन्यत्र गए भने केहीलाई टोलीमा मौलाउँदै गएको गुट–उपगुटले बस्न दिएन। फलत: नेपाली क्रिकेटले जुन उपलब्धि पाएको थियो त्यो आज एकादेशको कथा बन्ने संघारमा छ। अर्थात् एकदिवसीय मान्यता गुम्ने अवस्थामा छ।

सही तरिकाले कहिले चल्ला क्यान?
राष्ट्रिय टोलीका पूर्वकप्तान एलबी क्षेत्री नेपाली क्रिकेटको जुन अवस्था आइपुगेको छ त्यसलाई ल्याउन क्यानका पदाधिकारी नै मुख्य दोषी रहेको बताउँछन्। क्यानमा बढ्दो राजनीतिक भाँडभैलो, विदेश घुम्ने मोह र आफूखुशी निर्णय गर्ने प्रवृत्तिका कारण नेपाली क्रिकेट दुर्घटनाको सम्मुखमा पुगेको उनको तर्क छ।

‘क्यान खेलाडीको हकहितका लागि चल्नुपर्ने संस्था हो। तर, अहिले आफ्नो स्वार्थ अनकूल चलाइरहेका छन्। खेल खेलाउने मैदान, नियमित घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र खेलाडी तथा प्रशिक्षक टिकाउने स्पष्ट योजना नै छैन। न त विज्ञहरूसँग सल्लाह र सुझाव लिने प्रचलन छ। जे मनमा लाग्यो त्यही छ। त्यसैले नेपाली क्रिकेट दुर्घटनातिर धकेलिरहेको छ,’ उनी भन्छन्।

क्यानले एकदिवसीय मान्यतालाई केन्द्रमा राख्दै टेस्ट हैसियत प्राप्त गर्ने मार्गसम्म पुर्याेउन क्षेत्रीले भनेको जस्तै सही योजनाको खाका कोरेर अगाडि बढ्नुपर्ने थियो। यसका लागि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सक्ने पूर्वाधार, खेलाडीलाई ‘एक्स्पोजर’, घरेलु संरचनामा ध्यान दिन जरूरी थियो। यति गर्न क्यानले सबैसँग हातेमालो गर्दै ‘हेस्टेमा हैंसे’ गरेको भए कसैको कद सानो हुँदैनथियो। 

तर, क्यान यसबीचमा आफ्नै आन्तरिक द्वन्द्वमा अल्झियो। चतुरबहादुर चन्दलाई क्यानको अध्यक्षमा जिताउन हातेमाले गर्दै अगाडि बढेका केही पदाधिकारीले बिचैमा पाइला मोड्न पुगे। यता, क्यान र खेलाडीको पनि सम्बन्ध चिसिन पुग्यो। क्यानले सञ्चारमाध्यममा बोलेकै निहुँमा ज्ञानेन्द्र मल्लबाट कप्तानी र दीपेन्द्रसिंह ऐरीबाट उपकप्तानी मात्रै खोसेन सोमपाल कामी र कमलसिंह ऐरीलाई समेत कारबाही गर्दै हतोत्साही गर्ने काम गर्‍यो।

1606310834_Gyanendra-Malla.jpg
ज्ञानेन्द्र मल्ल।

त्यो कारबाहीको असर टोलीको प्रदर्शनमा मात्रै परेन, क्यानले कप्तानी सुम्पिएको स्पिनर सन्दीप लामिछानेलाई समेत पर्‍यो। यता, डिभिजन ५ देखि टी–२० विश्वकपसम्मको यात्रा तय गराइदिएका मुख्य प्रशिक्षक पुबुदु दासानायके त ६ महिनामै कान समात्दै नेपाल छाडेर स्वदेश फर्किनुपर्‍यो । पछिल्लो घटनाक्रमको मुख्य कारण क्यान बलियो नहुनु नै। यसले न क्यानलाई फाइदा गर्‍यो न खेलाडी नै।

फेरि देखेको ‘दिवा सपना’    
‘अनदेखा र अनसुना’ गर्दा क्यानले एकै वर्षमा दोस्रो प्रशिक्षकको रूपमा भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरलाई भित्र्याउन पर्‍यो। अहिले क्यान उनै मनोजको योजना सुन्दै ‘दिवा सपना’मा लठ्ठ पर्न थालेको छ। एक वर्षको सम्झौता गर्दै नेपाली टोली सम्हाल्न आएका मनोजसँग निकै कम समय छ। तर, उनीसँग जति कम समय छ, त्योभन्दा कयौं गुणा ठूला सपनाका पोका छन्। जुन पोकाको गाँठो पुबुदुले पनि विगतमा खोलेका थिए।

मनोज भन्छन्,‘नेपाली टिममा धेरै युवा खेलाडी छन्। यो टिमले थोरै समयमा राम्रो नतिजा ल्याउन सक्ने देखेको छु। एकदिवसीय र टेस्ट टेक्निकको कुरा हो। टेक्निक छ भने खेलाडीले जुनसुकै स्तरमा प्रदर्शन गर्नसक्छ। उनीहरूलाई सिकाउन सजिलो हुन्छ। मेरो योजना पहिला टेक्निकमा काम गर्ने हुनेछ। यसमा सफल भए अवश्य नै टेस्ट खेल्न सक्छौं।’

Manoj-Prabhakar1660527203.jpg

हुन त भारतका सफल क्रिकेटर मानिएका पूर्वअलराउन्डर मनोजले एकदिवसीय मान्यताप्राप्त देशको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेको यो नै पहिलोपल्ट हो। यसअघि उनले २०१६ को टी–२० विश्वकपमा अफगानिस्तानको बलिङ प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। भारतीय घरेलु क्रिकेटमा दिल्लीको बलिङ र राजस्थानको मुख्य प्रशिक्षकको रूपमा काम गरेका मनोजले क्यानसामू ब्याटिङ सुधार गर्ने योजना पेस गरेका छन्।

नेपाली टोलीको ब्याटिङ पछिल्लो समयमा खस्किँदै गएको छ। श्रीलंकालाई विश्वकप दिलाएका डेभ वाट्मोर मुख्य प्रशिक्षक भएर नेपाल आउँदा आक्रमक देखिएको ब्याटिङ विस्तारै ‘डिफेन्स’मा परिवर्तन हुँदै गएको छ। ब्याटिङका कारण नै नेपालले यही वर्ष अस्ट्रेलियामा आयोजना हुने विश्वकप खेल्ने मौका गुमायो। 

यता, एकदिवसीय विश्वकपको ‘रोडम्याप’को रूपमा रहेको क्रिकेट विश्वकप लिग–२ मा पनि जितिसकेको केही खेल गुमाउनु पर्‍यो। एकदिवसीय मान्यता पाएका ७ एसोसिएट देशबीचको ३ वर्ष लामो प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका २० खेलमध्ये ११ खेलमा हार बेहोरेको छ। अब खेल्न बाँकी १६ मध्ये अधिकतम खेल जित्नुपर्ने दबाबमा छ नेपाल।

मनोज आफ्नो पहिलो र मुख्य लक्ष्य नै बाँकी रहेका खेलहरू अधिकांश जित्नु रहेको बताउँछन्। तर, उनले यसका लागि २/३ महिनाको समयसीमा मागे गरेका छन्। ‘मैले सबै ब्याट्सम्यानहरूसँग भेटेँ। उनीहरूले इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्दा रहेछन्। उनीहरू आईपीएलमा जस्तै हार्ड हिटिङ (छक्का) प्रहार गर्न खोज्छन्। तर, त्यो सही टेक्निकमा देखिँदैन। म उनीहरूलाई सही टेक्निकमा ब्याटिङ गर्न सिकाउँछु। तर, मलाई २/३ महिना समय चाहिन्छ,’ उनले भने।

मनोजले सही टेक्निक प्रयोग गर्दा जुनसुकै फर्म्याटमा जुनसुकै बेला रन बनाउन सकिने धारणा राख्छन्। त्यसैले पनि उनी टेक्निकमा फोकस देखिन्छन्। तर, उनले भनेजस्तो क्यान र नेपाली टोलीसँग काम गर्न भने उति सजिलो भने छैन।

Manoj1660527255.jpg

एक त नेपालमा घरेलु प्रतियोगिता छैन भने अन्तर्राष्ट्रिय खेल खेलाउन पनि अरूको भर पर्नुपर्ने स्थिति छ। क्यान र खेलाडी अहिले दुई समूहमा विभाजन भएका छन्। त्यतिमात्रै होइन, खेलाडीहरूमा पनि गुट र उपगुट कायमै छ। यो गुट र उपगुट न क्यानले अन्त्य गर्न सक्यो न त खेलाडीनजिक रहेका भनिएका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले नै।

त्यसैले पनि मनोजसँग ठूलो चुनौती छ। तर, उनी भन्छन्,‘एकताले मात्र हामीलाई सफलता दिल्छ। ‘कहते है ना–नालायक बच्चेको मनिटर बनादिया जाते है। यदि कसैले अमिल्दो कुरा गर्छ भने उसैलाई जिम्मेवारी दिनुपर्छ। उसलाई तिमीले खेल जित्नुपर्छ भनेर दबाव दिनुपर्छ। त्यस्तो बेलामा नतिजा प्रभावकारी हुनसक्छ।’

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
एनपीएल २: विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा बिहीबार, मंसिर २५, २०८२
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय बिहीबार, मंसिर २५, २०८२
राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की बिहीबार, मंसिर २५, २०८२
जेनजीसँगको सम्झौतालाई सरकारले गर्‍यो अनुमोदन, राजपत्रमा प्रकाशित गरिने बिहीबार, मंसिर २५, २०८२
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य बिहीबार, मंसिर २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप बुधबार, मंसिर २४, २०८२
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्