• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फोहोर फाल्न सुरु गरेकै दिन दुई अवरोध, राजनीतिक दलकाे घाेषणाप्रति मेयर शाहकाे आक्राेश

64x64
नेपाल लाइभ आइतबार, साउन २९, २०७९  २०:४९
1140x725

काठमाडौं–लामो समयदेखि ल्यान्डफिल साइट जाने बाटो निर्माण भइरहेकाले फोहोर फाल्न रोक लगाइएको थियो। सहरी विकास मन्त्रालयले काठमाडौं महानगरपालिकालाई केही दिन फोहोर बोक्ने गाडी बञ्चरेडाँडा र सिसडोलतर्फ रोक्न पत्राचार गरेको थियो। 

महानगरले पनि एक हप्ता फोहोर बोक्ने गाडी ल्यान्डफिल साइट नपठाउने जनायो। तर, शनिबार काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने जनाएका थिए। आइतबारदेखि फोहोर सहजै उठ्ने अनुमान गरिए पनि बिहानैदेखि स्थानीयले विभिन्न कारण देखाउँदै अवरोध गरे।

उपत्यकाको फोहोर बोकेर ल्यान्डफिल साइट गएको टिप्परले किचेर बाख्रा मरेपछि स्थानीयले फोहोरका गाडी रोके। मरेको बाख्राको क्षतिपूर्ति दिलाउने सहमतिपछि मात्र बाटो खुलाइयो। 

यसका साथै शनिबार मुड्खुमा पहिरो गएकाले काठमाडौंबाट फोहोर बोकेर गएका ट्रकले बाटोमा नै फोहोर फालेर फर्किएको विषयले पनि विवादको रुप लियो। ‘उक्त गाडी बाटोमा नै फसेकाले फोहोर त्यहीँ फालेर फर्किएको रहेछ। अहिले त्यो फोहोर फेरि उठाएर बन्चरेडाँडा नै लैजाने तयारी रहेको छ’, महानगरका प्रवक्ता नवीन मानन्धरले नेपाल लाइभसँग भने। 

सत्ता गठबन्धन बैठकमा फोहोरकै चर्चा
सत्ता गठबन्धनको बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकले काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

बैठकले लामो समयदेखि उठ्न नसकेको काठमाडौं उपत्यकाको फोहोरको समस्या यथाशक्य चांडो समाधान गर्न र बढ्दै गइरहेको महंगी नियन्त्रणका बारेमा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुुसालले जानकारी दिए।  

स्थानीय नेता भन्छन्-फोहोर फाल्न सदाका लागि रोक्छौं
यसैबीच काठमाडौं उपत्यकामा उत्पादन हुने फोहोर ल्यान्डफिल साइटमा ल्याउन नदिने तीन राजनीतिक दलका स्थानीय नेताले घोषणा गरेका छन्।

आइतबार नेपाली कांग्रेस धुनिवेशी नगरपालिकाका सभापति पूर्ण तामाङ, माओवादी केन्द्रका नगर अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष भिषण धितालले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो घोषणा गरेका हुन्। 

Ncell 2
Ncell 2

१७ वर्षदेखि काठमाडौं महानगरलगायत अन्य धेरै नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय बन्चरे डाँडामा अव्यवस्थित तरिकाले फाल्दै आएको भन्दै उनीहरुले आक्रोश पोखेका छन्।

अव्यवस्थित फोहोरका कारण स्थानीयको जनजीवन कष्टकर बन्नुका साथै स्वास्थ्यमा प्रतिकूल असर पर्दै गइरहेकाले अब सधैंका लागि सिसडोल र बन्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न बन्द गर्ने उनीहरुले घोषणा गरेका हुन्। 

मानव स्वास्थ्य दैनिक बिग्रँदै गए पनि महानगरपालिका लगायत सरोकारवालाले हलुका रुपमा लिएको उनीहरुको आरोप छ। स्थानीयले विभिन्न समयमा आफ्ना माग राखेर आन्दोलन गर्दा पनि राज्यले ध्यान नदिएकाले ल्यान्डफिल साइटमा अबदेखि फोहोर फाल्न बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ। 

स्थानीयको समस्यालाई गम्भीरताका साथ नलिई जनताको स्वास्थ्यमाथि खेलबाड गरे अबको संघ र प्रदेशसभा निर्वाचनसमेत बहिस्कार गर्ने विज्ञप्तिमा चेतावनी दिइएको छ। ‘स्थानीय पीडित जनताहरु अहिले पनि आन्दोलनमा नै भएकोले हामी पनि आजैको दिनबाट उक्त आन्दोलनमा सहभागिता जनाउने निर्णय गरेका छौं’, तीन दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बञ्चरेडाँडामा गलत कसरत हुँदैछ– महानगर प्रमुख शाह  
राजनीतिक दलहरुले फोहोर फाल्न सदाका लागि रोक लगाउने विज्ञप्ति जारी गरेपछि काठमाडौं महानगरका मेयर शाह आक्रोशित बनेका छन्। उनले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै बञ्चरेमा गलत कसरत हुँदै गरेको भन्दै गुनासो गरेका हुन्। 

‘दुई अवरोध हटाउनेबित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौं,’ उनले थप लेखेका छन्, ‘वास्तवमै त्यो कसरत हो भने त्यो विडम्बनापूर्ण हुनेछ।’

उनले बञ्चरे डाँडामा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेकाे बताउँदै अब अर्को कुनै बहानामा अवरोध गर्न नहुने बताए। भूमि अधिग्रहण तथा संरचना निर्माण र प्रभावितहरुले पाउने सुविधा तथा मुआब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको उनले जानकारी गराएका छन्। 

उनले भने, ‘यो झुक्याएर गरिएको पनि थिएन। यसका वैधानिक सम्झौताहरु छन्। ती सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो।’

यस्तो छ मेयर बालेनले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा
हामीले हिजो जानकारी गराएका थियौं कि केही अवरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरेडाँडामा फोहोर लैजाने छन्। तर आज दुई स्थानमा अलग–अलग कारणले सडक अवरुद्ध गरियो। यसैले आज ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरेडाँडा पुग्न पाए।

आज दुई ठाउँमा सडक अवरुद्ध गर्नुका दुई कारणहरु थिए।

१. कसैले फोहोर पानीको मुहानमा लगेर फ्यालिदियो भन्ने। यसमा दोषीलाई पत्ता लगाएर कारबाही पनि भइसक्यो।

२. फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्ने। यसलाई पनि समाधान गर्‍याै‌ं। यी दुई अवरोध हटाउनेबित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौं। 

वास्तवमै त्यो कसरत हो भने त्यो विडम्बनापूर्ण हुनेछ। बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन्। भूमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुआब्जाजस्ता काममा ५ अर्ब खर्च भइसकेको छ। यो झुक्याएर गरिएको पनि थिएन। यसका वैधानिक सम्झौताहरु छन्। ती सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो।

सँगसँगै, हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ। यसका विपरीत एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ?

हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ? फोहोरको रास लगाएर त्योभित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ। राजनीति त्यस्तो हुँदैन। त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन। यसमा हेक्का राखौँ।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  २०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
७५ वर्षपछि कांग्रेसको विशेष महाधिवेशन (LIVE)
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा
सम्बन्धित सामग्री
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । आइतबार, पुस २७, २०८२
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्नुहुँदा  नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो  । आइतबार, पुस २७, २०८२
‘राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ’-राष्ट्रपति पौडेल पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूल... आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन आइतबार, पुस २७, २०८२
७५ वर्षपछि कांग्रेसको विशेष महाधिवेशन (LIVE) आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्