काठमाडौं– नेपालको अग्रणी अनलाइन बजार दराजले साउन ३० गतेदेखि दराजमल फेस्ट सुरु हुने घोषणा गरेको छ। यो अभियान दराज मलमार्फत् दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्ने कुरामा केन्द्रित हुने दराजले बताएको छ।
साथै एड टु कार्ट एण्ड विन, ७ हजार रुपैयाँसम्मका भाउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ फेमलगायत अभियानका विशेषता रहेको दराजले जनाएको छ।
दराजमल, दराजद्वारा सुरु गरिएको एक अनलाइन शपिङ मल हो। जसमा सोनी, सामसङ,गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै पाँच सयभन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित छन्।
शतप्रतिशत प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसँग दराजमलले ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नको लागि प्रदान गर्ने दाबी गरेको छ। ग्राहकका लागि यो अभियान आफ्नो मनपर्ने प्रीमियम ब्रान्डहरु खरिद गर्नको एक सुनौलो अवसर रहेको दराजले बताएको छ।
विगतमा जस्तै, ग्राहकहरुले दराजमल फेस्टमा बैंक डेज छुटमार्फत् डेबिट र क्रेडिट कार्डबाट प्री पेमेन्ट गर्दा थप १५ प्रतिशतसम्म छुट पाउने सक्नेछन्।
बैंक डेज अफर निम्नानुसार छन्–
मंगलबार - ग्लोबल आएई बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ७५० रुपैयाँसम्मको छुट/ डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात ५०० सम्म छुट
बिहीबार - मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत छुट / डेबिट कार्ड भुक्तानीमा १० प्रतिशतसम्म छुट
शुक्रबार - नबिल बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत अधिकतम छुट
शनिबार - स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशतसम्म अधिकतम छुट
यस्तै पहिलो पटक भिसा कार्ड भएका दराज प्रयोगकर्ताहरूले भिसा डेबिट कार्ड/क्रेडिट कार्डमा १० प्रतिशत अधिकतमसम्मको अतिरिक्त प्रि-पेमेन्ट छुट प्राप्त गर्न सक्ने दराजले बताएको छ।
त्यसैगरी, दराजमा किनमेल गर्ने र इसेवा वालेटमार्फत् भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत अर्थात ३५० रुपैयाँसम्मको अधिकतम छुट प्राप्त गर्न सक्ने बताइएको छ।
यी बाहेक, ब्रान्ड अफ द डे जस्ता अफरहरूले ग्राहकहरूलाई उनीहरूको मनपर्ने ब्रान्डहरूमा थप छुटहरू प्राप्त गर्ने अवसर प्रदान गरिनेछ।
अभियानको अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।