काठमाडौं– निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई आवेदन दिन आव्हान गरेको छ। पर्यवेक्षणका लागि १५ दिनभित्र आवेदन दिन पनि आयोगले उल्लेख गरेको छ।
‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचनसम्बन्धी काम कारबाहीको पर्यवेक्षणद्वारा विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले आयोगको निर्णयानुसार पर्यवेक्षण गर्नका लागि इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुलाई आवेदन दिन मिति २०७९/०४/२९ गते सूचना प्रकाशन गरिएको छ,’ आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भनेको छ,‘ ‘इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुले १५ दिनभित्र आयोगले तयार गरेको निर्वाचन पर्यवेक्षण व्यवस्थापन प्रणालीमार्फत् आवेदन दिन सकिने गरी व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’
यस्तै, निर्वाचनमा पर्यवेक्षण व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोगले साउन २८ मा निर्वाचन पर्यवेक्षण निर्देशिका २०७९ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।