काठमाडौं–निर्वाचन आयोगले मंसिर ३ गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिहरूले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भोट हाल्न पाउने जनाएको छ। तर यसका लागि साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरेको हुनुपर्ने आयोगको भनाइ छ।
‘मिति २०७९/०४/१९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका व्यक्तिहरूमध्ये निर्वाचन हुने अघिल्लो दिन (२०७९/०८/०३) मा १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने छन्,’ आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस अघि आयोगले आउँदो मंगसिर ४ गते संघीय तथा प्रदेश सभाहरुको चुनाव हुने मिति घोषणा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।