काठमाडौं– सनराइज बैंकले सुनवलको वडा नम्बर ३ स्थित कीर्तिपुरमा चौतारीको निर्माण गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त चौतारी निर्माण गरेको जनाएको छ।
चौतारी उद्घाटन कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख बिमला अर्यालले स्थानीयहरु विश्राम गर्ने, समाजका विभिन्न विषयमा छलफल गर्ने, भेला तथा कार्यक्रम गर्नका लागि चौतारीले सहयोग पुग्ने बताए।
यस्तै बैंकका महाप्रबन्धक अपछकुमार यादवले संस्थागत उत्तरदायित्व अन्तर्गत देशका विभिन्न ठाउँमा सामाजिक कार्यहरु गर्दै आएको बताए। गाउँ–ठाउँको विकासमा स–साना भए पनि भौतिक संरचना निर्माण गरी हस्तान्तरण गर्न पाएकोमा यादवले खुशी व्यक्त गरे।
बैंकले हरेक वर्ष आफ्नो नाफाको १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ। गतवर्ष मात्र पनि १५० भन्दा बढी कार्यक्रहरु गरेको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।