काठमाडौं– बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘लाल सिंह चड्ढा’ले तीन दिनको प्रदर्शनबाट केवल २७ करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ। आमिर खानको फिल्मले शनिबारसम्मको प्रदर्शनबाट यो रकम आम्दानी गरेको हो।
बक्स अफिसमा तहल्का मच्चाउने आशा गरिएको भए पनि कमजोर देखिएको यो फिल्मको पहिलो दिनको कमाई ११ करोड ७० लाख भारतीय रुपैयाँ थियो भने दोस्रो दिन यसले ७ करोड २६ लाख भारतीय रुपैयाँ आम्दानी गरेको थियो।
तेस्रो दिन अर्थात शनिबार फिल्मले केवल ८ करोड ७५ लाख भारतीय रुपैयाँको आम्दानी गरेको छ।
१८० करोड भारतीय रुपैयाँको लगानीमा बनेको यो फिल्म अभिनेता आमिर खानको प्रतिक्षारत फिल्म थियो। तर, प्रदर्शन विभिन्न कारणले फिल्मको विरोध भयो भने प्रदर्शनपछि फिल्मले हलमा खास व्यापार गर्न सकेको देखिएको छैन।
अद्भैत चन्दनको निर्देशनमा बनेको यो फिल्म हलिउडको चर्चित फिल्म ‘फरेस्ट गम्प’ को आधिकारिक हिन्दी रिमेक हो।
फिल्ममा आमिरसँगै करिना कपुर, मोना सिंह, नागा चैतन्यलगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।