काठमाडौं– पर्साका किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट ६ ट्रक रासायनिक मल कब्जा गरेका छन्।
कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले भुटनदेवीमा रहेको गोदामबाट बाहिरी जिल्लामा मल पठाउन लागेको थाहा पाएपछि किसानले त्यो मल नियन्त्रणमा लिएका हुन्।
बाहिरका जिल्लामा पठाउन लागेको मल नियन्त्रणमा लिएर किसानले महानगरपालिकाको कार्यालयमा लिएर राखेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बताए।
उनी भन्छन्, ‘हाम्रो जिल्लाबाट अन्य जिल्ला मल लगिन्छ। तर, यहाँको किसानले धुलोबाहेक केही पाउँदैनन्। यसकारण किसान आफैले मल नियन्त्रणमा लिएर महानगरपालिको कार्यालयमा ल्याएर सुरक्षित राखेका छन्।’
पर्सामा धान गोड्ने बेला हुँदा पनि किसानले मल पाएका छैनन्। त्यसैले किसान आक्रोशित भएर मल नियन्त्रणमा लिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।