पोडगोरिका– मोन्टेनेग्रोको मध्य सहर सेटिन्जेमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ।
सो घटनामा एक प्रहरीसहित अन्य छ जना गम्भीर घाइते भएका छन् भने प्रहरीको प्रतिकारमा आक्रमणकारीसमेत मारिएका छन्।
मोन्टेनेग्रोको सार्वजनिक प्रसारक रेडियो एण्ड टेलिभिजन अफ मोन्टेनेग्रो (आरटीसीजी) ले एक प्रहरीसहित ६ जना घाइते भएको बताएको छ। पारिवारिक कलहका कारण मानसिकरूपले विक्षिप्त भएको आक्रमणकारीले सडकमा रहेका यात्रुहरूलाई जथाभावी गोली प्रहार गर्दा सो दुर्घटना भएको बताइएको छ।
आक्रमणकारीले प्रहरीमाथि आक्रमण गर्दा एक जना प्रहरीको मृत्यु भएको हो। आरटीसीजीले अनौपचारिक स्रोतलाई उद्धृत गर्दै आक्रमणकारी करिब ३४ वर्षको भएको बताएको छ।
घटनाका चार जना घाइतेलाई सेटिन्जे अस्पतालमा भर्ना गरिएको छ। यसैबीच, मोन्टेनेग्रो सरकारले यस त्रासदीपूर्ण आक्रमणको निन्दा गर्दै तीन दिने शोकको घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।