काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ खेलाडि बाहिरिएको जनाएको छ।
बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीमध्येबाट १५ खेलाडी बाहिरिएको जनाएको हो। अब प्रशिक्षणमा टप ३० खेलाडी रहेका छन्।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सम्हालेको टोलीबाट शुक्रबार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको एन्फाले बताएको छ।
श्रीलंकामा सेप्टेम्बर ५ हुने आयोजना हुने साफ यू– १७ च्याम्पियनसिपमा नेपाल समूह बीमा रहेको छ। नेपाल रहेको समूहमा भारत र भुटान रहेका छन् भने समूह ए मा आयोजक श्रीलंका, बंगलादेश र माल्दिभ्स छन्।
यस्तै यू–१७ को अर्को प्रतियोगिता एशियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुँदैछ। त्यसका लागि पनि यही टोलीले सहभागिता जनाउने तालिका रहेको छ। छनोट खेल भियतनाममा आयोजना हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।