काठमाडौं– नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता रहेको एमएडब्लू इन्टरप्राइजेज र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच व्यापारिक सम्झौता भएको छ।
उक्त सम्झौता दुई कम्पनीबीचको व्यापार प्रवर्द्धन गर्न तथा दुई पक्षीय बृहत्तर हित पुर्याउने उद्देश्यकासाथ भएको हो। कम्पनीहरूसँग परस्परिक सम्बन्ध विकास गरी सो कम्पनीहरूलाई आफ्ना बाइक तथा स्कुटरहरू लिनका लागि सहज तथा अनुकूल वातावरण सृजना गरी सहयोग पुर्याउने अभिप्रायको साथ एमएडब्लू इण्टरप्राइजले यस्तो सम्झौता सुरू गरेको यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताएका छन्।
यस सम्झौताअन्तर्गत अब आफ्ना कर्मचारीहरुले सहुलियत मूल्य तथा सुविधाजनक किस्तामा यामाहाका बाइक/स्कुटर लिन सक्ने एकाउन्टेन्ट्स संघले बताएको छ। सम्झौतामा हस्ताक्षर गर्दै यामाहा नेपालका सीईओ क्षेत्रीले यस किसिमको सम्झौताले दुवै पक्षलाई फाइदा पुर्याउने बताए।
साथै, आगामी दिनहरूमा यस किसिमका सम्झौताहरू एमएडब्लूले अन्य कम्पनीहरूसँग पनि गर्ने सीईओ क्षेत्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।