काठमाडौं– प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र लोकहित डेन्टल हस्पिटल प्रालि तर्फबाट अध्यक्ष डा.गणेश साहले उक्त सम्झौतामा हस्ताक्षर गरे।
प्रभु बैंक र उक्त हस्पिटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकले लोकहित डेन्टल हस्पिटल प्रालिद्वारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ। यद्यपि, बिल रकम ५०० भन्दा कम भएमा छुट प्रदान नहुने बताइएको छ।
सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटल प्रालिका उल्लेखित सेवाहरुमा छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।