• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १२, २०८२ Fri, Nov 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

एन्फामा छैन सुशासन र पारदर्शिता, आर्थिक संकटले फुटबल गतिविधि सञ्चालन गर्न नै धौधौ

64x64
दीप सुवेदी बिहीबार, साउन २६, २०७९  ०७:०५
1140x725
मनाङ मर्स्याङ्गदी क्लबका खेलाडी।

काठमाडौं–  गत असार ६ गते अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पराजित भएपछि कर्मा छिरिङ शेर्पाले भनेका थिए, ‘नेपाली फुटबल सञ्चालन गर्न एकदमै गाह्रो छ। भनेजस्तो सजिलो छैन।’

एन्फाका नवनिर्वाचित पदाधिकारीबीचको गुट र उपगुटको कारण मात्रै होइन्, आर्थिक संकटका कारण पनि फुटबल चलाउन निकै गाह्रो रहेको उनको भनाइ थियो। अहिले उनको यो भनाइ यथार्थमा परिणत भइरहेको छ। 

अहिले उनै शेर्पाले भनेजस्तो न एन्फाभित्र पदाधिकारी मिल्न सकेका छन् न त फुटबलका गतिविधि नै सञ्चालनमा आउन सकेका छन्। अहिले मैदान उत्रिएर खेलिरहनुपर्ने खेलाडी बुट थन्काएर भविष्य खोज्दै भटाभट विदेश पलायन भइरहेका छन्। 

पछिल्ला २ महिनायताको तथ्यांक मात्रै हेर्ने हो भने राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका सुमन लामा, आशिष लामा, सन्तोष तामाङ, दर्शन गुरूङ, नविन गुरूङ, विमल राना र हेमन्त थापा मगर गरी ७ खेलाडी अस्ट्रेलिया पलायन भएका छन्। यसबारे न एन्फा पदाधिकारीलाई पत्तो छ न त सरकारलाई नै।

गत फागुन दोस्रो साता सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएयता काठमाडौंमा कुनै पनि फुटबल गतिविधि सञ्चालनमा आउन सकेको छैन। गत चैतको अन्तिम सातादेखि आयोजना हुने तय भएको देशकै पहिलो फ्रेन्चाइजी नेपाल सुपर लिगलाई पनि एन्फाले अनिश्चितकालका लागि रोकेको छ। जसका कारण फुटबल खेलेरै पेट पाल्ने खेलाडीहरू पलायन हुने अवस्था सिर्जना भएको हो। 

तस्बिर :एन्फा

तर, एन्फाका महासचिव किरण राई भने कार्यसमितिको बैठकका लागि तय भएको अजेन्डामाथि छलफल हुन नसकेका कारण फुटबल गतिविधि सञ्चालन गर्न नसकेको दाबी गर्छन्।

‘फुटबल गतिविधि सञ्चालन गर्नका लागि यसअघि कार्यसमितिको बैठक डाकेका थियौं। तर, बैठक बस्न सकेन। आज बिहीबारका लागि बैठक डाकेका छौं। बैठकमा फुटबल गतिविधि सञ्चालन गर्नेबारे छलफल हुन्छ,’ महासचिव राईले नेपाल लाइभसँग भने।

असार ६ गते निर्वाचित कार्यसमितिको बैठक दुई पटक स्थागित भइसकेको छ। पहिलो बैठक असार ८ गते बसेको थियो। साउन २ गतेका लागि बोलाइएको बैठक अध्यक्ष पंकज नेम्वाङ अस्वस्थ भएका कारण स्थगित भएको थियो। त्यसपछि साउन ५ गतेका लागि डाकिएको बैठक अजेन्डामा नै प्रवेश नगरि अध्यक्ष नेम्वाङले स्थगित गरेका थिए। 

Ncell 2
Ncell 2

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित पदाधिकारी र सदस्यहरूले उपस्थितिको माइन्युटमा दस्तखत गर्नुअघि अजेन्डामा छलफल गर्नुपर्ने माग राखेपछि बैठक अघि बढ्न सकेको थिएन। उपस्थितिमा सही गर्न उनीहरू तयार नभएपछि अध्यक्ष नेम्वाङले बैठक स्थगित गरिएको बइताएको थियो। 

आर्थिक संकट, कसरी सञ्चालन होला फुटबल गतिविधि?
फुटबल नेपालको यस्तो खेल हो, जुन खेलबाट विगतमा एन्फाले मनग्य आम्दानी गर्थ्यो। पूर्वअध्यक्ष गणेश थापाको पालामा फुटबलको सर्वोच्च निकाय फिफा र दक्षिण एसियाली फुटबल महासंघ (एएफसी)ले मात्रै होइन, एन्फालाई सरकारले समेत राम्रै सहयोग गर्दै आएको थियो। 

तर, उक्त रकम भने कहिल्यै फुटबलका गतिविधिमा खर्च नै हुन पाएन। फिफा र एएफसीबाट विभिन्न शीर्षकमा आएको रकम थापाले हिनामिना गर्दै आफ्नै बगली भर्न थाले। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सञ्चालन गरेर टिकटबाट उठेको करिब ५८ करोड पनि उनले आफ्नै बैंक खाता भरे। 

भ्रष्ट्राचार र रकम हिनामिनाको घटना बढेसँगै सरकारले पनि एन्फालाई दिँदै आएको अनुदान वापतको रकम रोक्का गर्‍यो। त्यसयता आर्थिक संकटको दलदलमा फसेको एन्फा अहिलेसम्म निस्किन सकेको छैन। पूर्वअध्यक्ष शेर्पाकै पालाको कुरा गर्ने हो भने एन्फा पूर्ण रूपमा उधारोमै चल्यो। जुन उधारो अहिलेसम्म एन्फाले चुक्ता गर्न सकेको छैन।

अहिले एन्फाले लेखापरीक्षणको काम गरिरहेको छ। त्यसैले एन्फाले कति रकम तिर्न बाँकी छ त्यो अहिल्यै नै भन्न नसक्ने अवस्था रहेको महासचिव राई बताउँछन्। ‘अहिले हामीले लेखापरीक्षण गरिरहेका छौं। प्रतिवेदन आएपछि ऋणबारे थाहा हुनेछ। त्यसपछि हामी हाम्रो बैठकमा छलफल गर्नेछौं,’ उनले भने। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला।

अहिले पनि एन्फाले विभिन्न समयमा खेलाडी, प्रशिक्षक र पदाधिकारीका लागि घोषणा गरेको पुरस्कार रकम तिर्न नै बाँकी छ। यस्तै, ५ महिना अगाडि सम्पन्न भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि विजेता मच्छिन्द्र फुटबल क्लबले पुरस्कार वापतको रकमसमेत पाएको छैन। उपविजेता त्रिभुवन आर्मी क्लबसहित शीर्ष ४ टोलीलाई समेत पुरस्कार रकम र तयारी खर्च एन्फाले उपलब्ध गराउन सकेको छैन।

अर्को सिजनको ‘ए’ डिभिजनको तयारी गर्नुपर्ने समयमा झण्डै एक करोड रूपैयाँ बराबर रकम लिन क्लबका प्रतिनिधिहरू नियमितजस्तो सातदोबाटोस्थित एन्फाको केन्द्रीय कार्यालय धाइरहेका छन्। 

‘कर्माजीकै पालामा अब आउँछ–आउँछ भनेर धेरै झुलाउनु भयो, तर रकम आएन। अहिले पंकजजी आउनुभएको छ, उहाँले साइन नै चलेन भनेर अड्काइरहनु भएको छ। नदिने भए कि दिँदैनौं भन्नु, हामी अर्कै सुर गर्थ्यौं’ एक क्लबका व्यवस्थापकले भने,‘यसरी त खेलाडीको अगाडि मुख देखाउन नै गाह्रो भइसक्यो। सधैं खै दाइ पैसा? भन्छन्। दिएको छैन भनेर कति महिना टार्ने? यो सिजन कसरी उनीहरुलाई फुटबल खेल्न बोलाउने?’ 

यो पनि पढ्नुहोस

ओहो मैदान! धन्न खेल्छन् हाम्रा खेलाडी

यता, मैदानमा फुटबल खेलाउने नेपालका फिफा रेफ्रीहरूको हालत पनि उस्तै छ। करिब ९ महिनादेखि उनीहरूले एन्फाबाट तलब पाउन सकेका छैनन्। यसबारे बारम्बार एन्फासँग ताकेता गर्दासमेत कुनै सुनुवाइ नभएको उनीहरू बताउँछन्। 

‘तलब नपाएकै १० महिना हुन लागिसक्यो। यसबीचमा धेरैपटक एन्फाको ध्यानकर्षण गरायौं, तर सुनुवाइ हुन सकेन। रेफ्री संघमा गुनासो राखेका छौं। उताबाट पनि एन्फामा समस्या छ, केही दिन होल्ड गर्दिनुस् भनिरहेका छन्,’ एक रेफ्रीले भने।

एन्फाले १२ जनालाई फिफा रेफ्रीमा नियुक्त गरेको छ। यी १२ जनालाई एन्फाले प्रतिरेफ्री मासिक जम्मा १० हजार रूपैयाँ तलब तोकेको छ। यतिमात्रै होइन एन्फाका कर्मचारीको तलब पनि नियमित छैन। त्यसैले अबका दिनमा एन्फा कसरी चल्छ भन्नेबारे प्रश्न उठ्न थालेको छ।
 
एन्फामा छैन सुशासन र पारदर्शिता
एन्फाले फिफा र एएफसीबाट अनुदानस्वरूप चार वर्षमा करिब ५२ करोड रूपैयाँ पाएको थियो। त्यो भनेको वर्षको सरदर १३ करोड हो। तर, एन्फाले उक्त रकम के का लागि कहाँ कति खर्च गर्‍यो त्यसको हिसाबकिताब नै छैन। 

कोरोनाकाल र त्यसपछि उब्जिएको आर्थिक संकटले यो रकम शीर्षक बाहिरको कुरामा खर्च भएकै कारण आर्थिक संकट आइपरेको एन्फाका एक पदाधिकारी बताउँछन्। ‘कोरोनाकालमा विभिन्न शीर्षकमा आएका रकम अन्यमा खर्च हुन थाल्यो, यो सही भएन। बिनादर्शक लिग र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलायौं, यसबापत रकम प्राप्त हुन सकेन। खर्च बढ्यो, तर आम्दानी सुको भएन। यसले खर्च बढ्दै गयो। त्यहीबेला एन्फा सही तरिकाले चलेको भए यस्तो दिन आउने थिएन,’ ती पदाधिकारीले भने।

फुटबल हेर्न पुगेका दर्शक। फाइल तस्बिर (एन्फा)।

फिफाले सन् १९९९ देखि विकासोन्मुख देशहरूलाई अनुदान दिन थालेको हो। अहिलेसम्म एन्फाले झण्डै पाँच अर्ब अनुदान पाइसकेको छ। तर, पूर्वाधार निर्माण र आत्मनिर्भर बन्न उसले कुनै चासो देखाएको छैन। 

विभिन्न बाहानामा आफूखुशी पैसा खर्च गर्ने प्रवृत्ति मौलायकै कारण एएफसीले भने एन्फालाई दिँदै आएको रकम रोक्का गरेको छ। फिफाले पनि अनुदानमा कडिकडाउ गरेको छ। 

‘करिब ९० प्रतिशत फुटबलको बजेट फिफा र एएफसीबाट चलेको छ। अहिले एन्फालाई फिफाले दिँदै आएको रकम कम गरेको छ। त्यसैले एन्फा अहिले दयनीय अवस्थामा चलेको छ,’ महासचिव राई भन्छन्। 

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
एन्फा गेटमा ए–डिभिजन लिगका क्लबहरूको शान्तिपूर्ण प्रदर्शन एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरुलाई छलफलमा बोलाएको छ। तर क्लबहरु भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका हुन्। बिहीबार, मंसिर ४, २०८२
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसद्वारा राजीनामा अखिल नेपाल फुटबल संघ(एन्फा) लाई उनले राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ। यस विषयमा एन्फाबाट हालसम्म कुनै आधिकारिक जानकारी आएको छ... बिहीबार, कात्तिक १३, २०८२
ताजा समाचारसबै
कुलमानको उपस्थितिमा मंसिर १७ गते उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुने शुक्रबार, मंसिर १२, २०८२
एनपीएल: सिम्पसनको अर्धशतकमा काठमान्डुद्वारा चितवनलाई १४३ रनको लक्ष्य शुक्रबार, मंसिर १२, २०८२
भरतपुर अस्पताल देशकै उत्कृष्ट, अन्य अस्पतालको अंक कति ? शुक्रबार, मंसिर १२, २०८२
सुनखानीमा ड्रोन आक्रमण हुँदा तीन चिनियाँ कामदारको मृत्यु शुक्रबार, मंसिर १२, २०८२
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति शुक्रबार, मंसिर १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
विधा भण्डारीको सन्देश : मलाई नेतृत्वले रोके पनि तपाईँहरूसँगै हुनेछु बिहीबार, मंसिर ११, २०८२
रवि र छविको मुद्दामा आज पुनः पेशी बिहीबार, मंसिर ११, २०८२
एनपीएल- पहिलो जीत हात पार्ने दाउमा जनकपुर र पोखरा बिहीबार, मंसिर ११, २०८२
आज जसपाका राजेन्द्र श्रेष्ठ समूह नेकपामा समाहित हुँदै बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्