• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

ओहो मैदान! धन्न खेल्छन् हाम्रा खेलाडी

64x64
दीप सुवेदी शनिबार, माघ १, २०७८  २०:१७
1140x725

काठमाडौं- विराटनगरका विपिन पराजुली शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका थिए। सशस्त्र प्रहरीको एपीएफ क्लब र हिमालयन शेर्पाबीचको खेल हेर्न गएका उनी मैदान देखेर चकित परे। विपिनले छेउमै रहेका आफ्ना साथी कौशल पराजुलीलाई सोधे, ‘फुटबल खेल्ने मैदान यही हो?’

उनको प्रश्न सुनेर साधारणतर्फको प्याराफिटमा उनको आसपास बसिरहेका दर्शक मज्जाले हाँसे। तर, विपिन हाँस्न सकेनन्। हाँसो थामिएपछि कौशलले जवाफ दिए, ‘कतारको जस्तो घाँसे मैदान त नेपालमा कहाँ हुन्छ र?’

पहिलोपटक दशरथ रंगाशाला छिरेका विपिनले यसअघि नेपालका घरेलु फुटबल प्रतियोगिता हेरेका थिएनन्। उनी आठ वर्षदेखि कतारमा थिए। उनले कतारको दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको फुटबल खेल प्रत्यक्ष हेर्ने मौका पाएका थिए। उनी भन्छन्, ‘सन् २०१७ तिर कतारी स्टार्स लिगमा अल साद र अल सामलबीचको खेल हेरेको थिएँ। त्यहाँको मैदान न पानी पर्दा हिलाम्मे र कुरुप हुन्छ, न त घामले मैदान सुकाउँछ।’

उनका अनुसार खलिफा अन्तर्राष्ट्रिय रंगशालाको बनावट दशरथ रंगशालासँग मिल्दोजुल्दो छ। भित्री संरचना पनि उस्तै छ। तर, त्यहाँको रंगशालामा नेपालमा जस्तो खेलको चाप हुँदैन। जसकारण मैदान बिग्रिने र व्यवस्थित नहुने समस्या हुँदैन।

‘उता (कतार)को रंगशाला र यहाँको अलि फरक हुने रहेछ। यहाँ, खेलको चापले गर्दा होला मैदानमा हाड देखिएको छ। पानी पर्दा त हिलो भएर खेल्न नसकिने पो हो कि भन्ने स्थिति रहेछ,’ उनले नेपाल लाइभसँग भने, ‘यो त टुँडिखेलको खुला चौरजस्तो भयो।’

वास्तवमा फुटबल हेर्न दशरथ रंगशाला पुग्ने जो कोही फुटबलप्रेमी मैदानको दुर्दशा देखेर आश्चर्यमा पर्छन्। यही मैदानमा सहिद स्मारक ‘ए’ डिभिजन लिगका नवौं चरणसम्मका ६० मध्ये ५७ खेल भइसकेका छन्।

‘रिकभर’ हुने पर्याप्त समय नपाउँदा मैदान ‘कपाल झरेको टाउको’ जस्तो भएको छ। पानी पर्‍यो भने चिप्लो हुन्छ, घाम लाग्दा सुकेर कंक्रिट बन्छ। यस्तो मैदानले ५७ वटा खेल धान्नु आश्चर्यजनक भएको न्यूरोड टिम (एनआरटी)का प्रशिक्षक राजुकाजी शाक्य बताउँछन्। ‘गेम खेल्न खाली स्थान मात्रै भएर पुग्दैन। त्यहाँको अवस्था पनि ठीक हुनुपर्छ,’ उनी भन्छन्, ‘यो मैदानले बढीमा पाँच खेल धान्छ। तर, हामीले त्यसको दशगुणा बढी खेलिसक्यौं। यसरी नै चल्दै गए आउने खेल कसरी खेल्ने होला?’  

खराब मैदानका कारण खेलाडीहरूले बल नियन्त्रणमा राख्न सक्दैनन्। आफैं पनि चिप्लिएर पटक-पटक लड्छन्। उनीहरूले उपचारका लागि मैदानमा धेरै समय बिताउनुपर्छ। प्रायः आगामी महत्त्वपूर्ण खेल गुमाइने हो कि भन्ने चिन्तामा हुन्छन्। प्रशिक्षकलाई पनि उत्तिकै मानसिक दबाब थपिएको छ। खेलाडीले राम्रो तयारी गरेर मैदान छिरे पनि क्षमता अनुसार प्रदर्शन गर्न नसक्ने शाक्यको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘लिगका खेलमा दबाब पनि उत्तिकै हुन्छ। त्यसमाथि मैदान खराब भइदिए खेलाडीले बचेर खेल्नुपर्ने हुन्छ। जति नै बलियो आत्मविश्वासका साथ खेलाडीलाई मैदान पठाए पनि मैदानबाट ननिस्किउन्जेल ढुक्क हुने अवस्था छैन,’ उनी भन्छन्। 

एन्फाले पैसा देख्छ, करोडौंको संरचना देख्दैन
‘ए’ डिभिजन लिग सुरु हुँदै गर्दा अखिल नेपाल फुटबल संघ (एन्फा)ले चारवटा मैदानमा खेलाउने जनाएको थियो। त्यसमध्ये कम्तीमा तीन वटा त निश्चितजस्तै थियो। पहिलो प्राथमिकतामा दशरथ रंगशाला थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र च्यासलको मैदान  पनि प्रयोग गर्ने एन्फाको तयारी थियो।

सातदोबाटोको मैदान यसअघि पनि ‘ए’ डिभिजन लिगका लागि प्रयोग भइसकेको हो। च्यासलको मैदान भने माथिल्लो डिभिजनका लागि पहिलोपटक प्रयोग हुने बताइएको थियो। यसमा तल्लो डिभिजनका खेल खेलाइसकिएको छ। चौथो मैदान काठमाडौंबाहिरको पोखरा रंगशाला हुने लगभग निश्चितै थियो। एन्फाले क्लबहरुलाई यसपटक खेल ‘होम एन्ड अवे’का आधारमा गराउने जानकारी पनि दिइसकेको थियो।

तर, अन्तिम समयमा एन्फाले पाँचौं चरणसम्मका खेल दशरथ रंगशालामा हुने र त्यसपछि मनाङ मर्स्याङ्दीले खेल्ने तीन खेलमात्र पोखरा रंगशालामा गराउने जनायो। ‘होम एण्ड अवे’को आधारमा खेलाउने पूर्वतयारीबाट पनि एन्फा पछि फर्कियो। ‘होम एन्ड अवे हुनका लागि डबल राउन्ड लिग हुनुपर्छ। यो बुझाइमा गल्ती भयो होला। यो पूर्णरूपमा सेन्ट्रलाइज लिग हो,’ लिग निर्देशक सञ्‍जीव मिश्र भन्छन्, ‘भोलिका दिनमा होम एन्ड अवे गर्नुपर्दाको अभ्यासस्वरुप हामीले काठमाडौंबाहिर लिग लैजाने थालनी गरेका हौं।’

मनाङ मर्स्याङ्दी क्लबले पोखरा रंगशालालाई आफ्नो घरेलु मैदान बनाएर पछि हुने 'होम एन्ड अवे' लिगको थालनी गरेको उनले बताए। यसलाई एउटा प्रयोगका रूपमा लिनुपर्ने उनको भनाइ छ। ‘हामी लिगका १३ चरणमध्ये एउटा चरणका पूरा सात खेल काठमाडौंबाहिर लैजाने योजनामा थियौं। तर, त्यो निकै खर्चिलो हुने देखिएकाले योजना स्थगित गर्‍यौं,’ उनी भन्छन्, ‘होम एन्ड अवे हुन पहिला त दोहोरो लिग हुनुपर्छ। त्यसपछि सबै क्लबको घरेलु मैदान हुनुपर्छ। विकल्पमा एउटै मैदानलाई पनि दुई वा तीन क्लबको घरेलु मैदानका रूपमा प्रयोग गर्न सकिन्छ।’

१३औं दक्षिण एसियाली खेलकुद (साग)पछि पोखरा रंगशालामा कुनै फुटबल गतिविधि भएको थिएन। मनाङले यसपटक फुटबल खेल्दा लिग सुरु भएको ६७ वर्षपछि बल्ल राजधानीबाहिर पुगेको हो। पोखरेली दर्शकहरुले यसलाई आपनत्व पनि लिए। तर, पोखराको मैदान देखेको एन्फाले सातदोबाटो र च्यासलका दुई मैदान अझै देख्न सकेको छैन।

एन्फा कम्लेक्सको यो मैदान प्राकृतिक होइन। तर, यसैमा एन्फाले ‘सी’ डिभिजन लिग छनोटका ७८ भन्दा बढी खेल खेलाएको थियो। यसअगाडि २०७६ को ‘ए’ डिभिजन लिगका केही खेल पनि भएका थिए। 

यो मैदानमा खेल्नु फरक भए पनि खेलाउन अयोग्य नरहेको खेलाडी तथा प्रशिक्षक बताउँछन्। यद्यपि, एन्फाको कार्यालय नै रहेको यो कम्प्लेक्सकै मैदानमा पदाधिकारीको आँखा पर्न सकेको छैन।

एन्फाले बहुप्रतिक्षित च्यासलको मैदान पनि यसैपालिदेखि ‘ए’ डिभिजनका लागि प्रयोगमा ल्याउने बताए पनि त्यसो हुन सकेको छैन। मनोहरा र बागमती नदीको दोभानमै पर्ने मैदानलाई दशरथ रंगशालाको विकल्पको रूपमा हेरिएको थियो। त्यसैअनुरुप करिब ३३ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको हो।

अहिलेसम्म यसमा ३२ करोड रुपैयाँ खर्च भइसकेको छ। यस मैदानलाई १३औं सागसम्म तयार पार्ने गरी निर्माण थालिए पनि तोकिएको मितिमा निर्माण सम्पन्न भएन। निर्माण थालेको करिब पाँच वर्षपछि अब भने फुटबल खेलाउन योग्य बनेको छ यो मैदान।

यो मैदानमा करिब १० हजार दर्शक अट्न सक्छन्। मैदानले यस पटकदेखि उपल्लो तहको लिग खेलाउन पाउने गरी एन्फाले तालिका पनि बनाएको थियो। तर, पछि एन्फाले मैदान नभइ पैसा मात्र देख्यो। लिग निर्देशक मिश्र भन्छन्, ‘च्यासल बनिसकेको छैन। दर्शकको उल्लेख्य उपस्थितिका कारण फुटबलको जुन माहोल बन्यो, त्यसकारण एन्फा कम्प्लेक्समा गर्न पनि गाह्रो भयो। एकै खेलमा १० हजारसम्म दर्शक हेर्न आएको रेकर्ड छ। त्यसैले हामीले नवौं चरणसम्म तीन खेल पोखरा र बाँकी सबै खेल दशरथ रंगशालामा गर्ने निर्णयमा पुगेका हौं।’

तर, निर्माण कम्पनीका अनुसार च्यासलमा प्याराफिटलगायत सबै ठाउँमा रङरोगन भइसकेको छ। खेलाडी र व्यवस्थापनालाई चाहिने कोठा पनि छुट्याइएको छ। टिकट काउन्टर, पर्खाल निर्माण र विद्युतको काम पनि सकिसकेको छ। खेल्न योग्य मैदान तयार पार्ने काम भने एन्फा आफैंले गर्नुपर्ने कम्पनीका एक अधिकारीले बताए। 

तर, लिग निर्देशक मिश्र भने यो कुरा स्वीकार गर्न चाहँदैनन्। ‘च्यासल रंगशाला अहिलेसम्म एन्फाले प्राप्त गर्न सकेको छैन। निर्माण कम्पनीले राष्ट्रिय खेलकुद परिषद् अनि परिषद्ले एन्फालाई दिने हो। एन्फाले सोझै लिन मिल्दैन,’ उनी भन्छन्, ‘ड्रेसिङ रुमदेखि शैचालयजस्ता आभारभूत संरचना निर्माण भइसकेको छैन। अझै समय लाग्ने देखियो।’ 

उनका अनुसार ‘ए’ डिभिजन लिगको प्रत्यक्ष प्रसारणको अधिकार पाएको कान्तिपुर टेलिभिजनले दशरथ रंगशालमा हुने खेलहरु मात्रै खिच्ने सम्झौता भएको थियो। च्यासल र अन्य मैदानमा खेल गराउँदा कान्तिपुरले प्रत्यक्ष प्रसारण नगर्ने जनाएको छ। यसैकारण लिगका प्रायोजक र दर्शक भड्किने डरमा एन्फा खराब मैदानमै लिग खेलाइरहेको छ।

‘टेलिभिजनमा हुने प्रत्यक्ष प्रसारणले पनि दर्शकलाई रंगशाला पुगेर हेर्ने उत्साह बढेको हुन्छ। दर्शक पनि पायक पर्ने ठाउँमै खेल हेर्न रुचाउँछन्,’ मिश्र भन्छन्।

अन्तर्राष्ट्रिय खेलका लागि ‘अयोग्य’
एउटै रंगशालामा सबै खेल गराउँदा दशरथ रंगशालाको मैदानको अवस्था नराम्ररी बिग्रिएको छ। अहिले नै मैदानको अवस्था खराब बनिसकेको छ। त्यसैले यही मैदानमा थप खेल खेल्दा खेलाडीलाई जोखिम बढेको छ।

त्यति मात्र नभइ नेपालले मरिसससँग खेल्ने मैत्रीपूर्ण खेलका लागि पनि यो मैदान योग्य नहुने जोखिम बढेको छ। नेपालले आगामी जनवरी २९ र फेब्रुअरी १ मा मरिसससँग दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ। ती खेल आउन अब दुई हप्ताभन्दा कम समय बाँकी छ। 

मरिसससँग हुने यी खेल दशरथ रंगाशाल या अरु नै मैदानमा हुने निश्चित नभइसकेको मिश्र बताउँछन्। दशरथ रंगशालाको विकल्पको रूपमा पोखरा रंगशालामा खेल हुनसक्छ। तर, पहिलो प्राथमिकता दशरथ रंगशाला नै रहेको र शनिबारबाट मैदानलाई योग्य बनाउन तयारी थालिने एन्फा स्रोतले जनाएको छ।

एन्फाले पूर्वनिर्धारित तालिका अनुसार खेलहरु सञ्चालन गरेको भए दशरथ रंगशालाको मैदान कुरुप बन्ने थिएन। तर, एन्फाले मैदानलाई जीवन्त राख्नेभन्दा पैसालाई प्राथमिकता दिँदा समस्या आएको हो। यसै कारण एन्फा अहिले लिग सकाउने चटारोमा देखिन्छ। त्यसैले अहिले एन्फाले शुक्रबार, शनिबार, आइतबार र सोमबारसमेत दुई/दुई खेल गराउँदै आएको छ।

तर, यो एन्फाको पुरानो खेल तालिका होइन। प्रत्येक हप्ता शुक्रबार साँझको एउटा र शनिबारका दुई गरी तीन खेल मात्र खेलाउने गरी एन्फाले तालिका बनाएको थियो। तर, लिग सकाउने चटारोले मैदानमात्रै होइन खेल र खेलाडीलाई बेवास्ता गरिएको छ।

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
अञ्जन, रोहित र मनिष बंगलादेशी क्लबमा अनुबन्ध नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टसहित ३ नेपाली खेलाडी बंगलादेशी क्लबमा अनुबन्ध भएका छन्। शनिबार, भदौ २७, २०८३
युनाइटेडको गोल वर्षा करिब तीन वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको म्यानचेस्टर युनाइटेडले सानदार सुरुआत गरेको छ। शुक्रबार, भदौ २६, २०८३
राफिन्हाको २ गोलसँगै बार्सिलोनाको सानदार सुरुआत राफिन्हाले दुई गोल गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिगको पहिलो खेलमा फेयेनोर्डलाई ५–१ ले पराजित गरेको छ। बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
कानुनमा लेखिएका उपलब्धि कार्यान्वयन नभएसम्म अनुभूति हुँदैन : बास्कोटा शनिबार, भदौ २७, २०८३
चिलिमे टनेलभित्र उद्धार टोलीको प्रवेश शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने शनिबार, भदौ २७, २०८३
यूएईलाई हराउँदै नेपाल एसिया कपमा शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
ब्याङ्क्वेट सञ्चालकको ६० वटा ग्यास सिलिन्डर जफत, सर्वसाधारणलाई बाँडियो शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्