• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

महंगो बन्दै कर्जाको ब्याजदर, एक वर्षमा औसत २.७५ प्रतिशत बढ्यो बैंकको आधार दर

64x64
सुमित्रा कार्की बुधबार, साउन २५, २०७९  १४:१८
1140x725

काठमाडौं– वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर महंगो बन्दै गएको छ। एक वर्षमा बैंकको आधार दर औसत २.७५ प्रतिशत बढेको छ। आर्थिक वर्ष २०७७/७८ को असार मसान्तदेखि २०७८/७९ को असार मसान्तसम्म आउँदा बैंकहरूको आधार दर (बेस रेट) औसतमा २.७५ प्रतिशतले बढेको हो।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा औसत ६.७४ प्रतिशत रहेको बैंकहरूको आधार दर गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म आउँदा ९.४९ प्रतिशत पुगेको छ। बैंकहरूको स्प्रेड दरमा वृद्धि हुँदा यसले आधार दरमा वृद्धि भएको बैंकर भुवन दाहाल बताउँछन्।

जसले गर्दा बैंकहरूको कर्जाको ब्याजदर महंगो भएको देखिन्छ। २०७७/७८ असार मसान्तसम्म औसतमा ३.६ प्रतिशत रहेको बैंकहरूको स्प्रेड दर २०७८/७९ को असार मसान्तसम्म आउँदा ०.६८ प्रतिशतले बढेर ४.२८ प्रतिशत पुगेको छ। बैंकहरूले ऋणीलाई कर्जा दिँदा आधार दरमा प्रिमियम थपेर कर्जा दिने गर्दछन्।

आधार दर भनेको बैंकले आफ्नो सम्पूर्ण खर्च जोडेर निकालिने विवरण हो। आधार दरमा बैंकको खर्च मात्र उठाउने गरिन्छ। आम्दानी गर्नका लागि बैंकले आधार दरमा प्रिमियम थपेर कर्जा लगानी गर्ने गर्दछन्। आधार दरमा जोडिएको प्रिमियमबाट बैंकले नाफा आर्जन गर्ने बैंकर दाहाल बताउँछन्। 

यसैगरी, स्प्रेड दर भनेको निक्षेप र कर्जाको बिचको ब्याजदर अन्तर हो। कुनै बैंकले कर्जामा १२ प्रतिशत र निक्षेप लिँदा ८ प्रतिशत दिएको छ भने त्यसको बिचको अन्तर ४ प्रतिशत स्प्रेड दर हो। बैंकहरूको स्प्रेडदर ४.४ प्रतिशतभन्दा धेरै हुन नहुने नेपाल राष्ट्र बैंकको निर्देशन छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सबैभन्दा धेरै आधार दर कुमारी बैंकको
आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म ६ वाणिज्य बैंकको आधार दर १० प्रतिशतभन्दा माथि रहेको छ। २०७८/७९ को असार मसान्तसम्म सबैभन्दा धेरै बेस रेट भएको बैंक कुमारी बैंक हो। यस बैंकको आधार दर २०७८/७९ असार मसान्तसम्म १०.५७ प्रतिशत रहेको छ। बैंकको आधार दर २०७७/७८ को भन्दा २.६७ प्रतिशतले बढेको हो। २०७७/७८ असार मसान्तसम्म बैंकको आधार दर ७.९ प्रतिशत थियो।

२०७८/७९ को असार मसान्तसम्म सिभिल बैंकको आधार दर १०.४६ प्रतिशत रहेको छ। यसैगरी, सेन्चुरी बैंकको आधार दर १०.२३ प्रतिशत रहेको छ। सिटिजन्स बैंकको १०.०९ प्रतिशत, सनराइज बैंकको १०.०१ प्रतिशत र मेगा बैंकको आधार दर १०.०१ प्रतिशत रहेको छ। 

२०७८/७९ को असार मसान्तसम्म १४ वटा बैंकको आधार दर ९ प्रतिशतभन्दा माथि रहेको छ। लक्ष्मी बैंकको ९.९९ प्रतिशत, प्राइम बैंकको ९.९९ प्रतिशत, हिमालयन बैंकको ९.८८ प्रतिशत, माछापुच्छ्रे बैंकको आधार दर ९.८६ प्रतिशत र  बैंक अफ काठमाडौंको आधार दर ९.८३ प्रतिशत रहेको छ।

२०७८/७९ को असार मसान्तसम्म सानिमा बैंकको आधार दर ९.७१ प्रतिशत, नेपाल एसबीआई बैंकको आधार दर ९.६१ प्रतिशत र सिद्धार्थ बैंकको ९.४५ प्रतिशत रहेको छ। यसैगरी, ग्लोबल आईएमई बैंकको ९.४ प्रतिशत, एनएमबी बैंकको ९.३८ प्रतिशत, एनआईसी एसिया बैंकको ९.२५ प्रतिशत र प्रभु बैंकको आधार दर ९.२४ प्रतिशत रहेको छ।

आव २०७८/७९ को असार मसान्तसम्म आउँदा पाँच बैंकको आधार दर ८ प्रतिशतभन्दा माथि रहेको छ। कृषि विकास बैंकको ८.९ प्रतिशत, एभरेष्ट बैंकको ८.८२ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८.८१  प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ८.५४ प्रतिशत र नबिल बैंकको ८.७७ प्रतिशत आधार दर रहेको छ। 

कुन बैंकको स्प्रेड दर कति? 
आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म बैंकहरूको निक्षेप र कर्जाको बीचको ब्याजदर अन्तर (स्प्रेड दर) औसत ४.२८ प्रतिशत रहेको छ।

यस अवधिसम्म २२ वटा बैंकको स्प्रेड दर ४ प्रतिशतभन्दा माथि रहेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। बाँकी चार बैंकको स्प्रेड दर ३ प्रतिशतभन्दा माथि रहेको छ। 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १४:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ । मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्