• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २३, २०८२ Tue, Dec 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

महंगो बन्दै कर्जाको ब्याजदर, एक वर्षमा औसत २.७५ प्रतिशत बढ्यो बैंकको आधार दर

64x64
सुमित्रा कार्की बुधबार, साउन २५, २०७९  १४:१८
1140x725

काठमाडौं– वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर महंगो बन्दै गएको छ। एक वर्षमा बैंकको आधार दर औसत २.७५ प्रतिशत बढेको छ। आर्थिक वर्ष २०७७/७८ को असार मसान्तदेखि २०७८/७९ को असार मसान्तसम्म आउँदा बैंकहरूको आधार दर (बेस रेट) औसतमा २.७५ प्रतिशतले बढेको हो।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा औसत ६.७४ प्रतिशत रहेको बैंकहरूको आधार दर गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म आउँदा ९.४९ प्रतिशत पुगेको छ। बैंकहरूको स्प्रेड दरमा वृद्धि हुँदा यसले आधार दरमा वृद्धि भएको बैंकर भुवन दाहाल बताउँछन्।

जसले गर्दा बैंकहरूको कर्जाको ब्याजदर महंगो भएको देखिन्छ। २०७७/७८ असार मसान्तसम्म औसतमा ३.६ प्रतिशत रहेको बैंकहरूको स्प्रेड दर २०७८/७९ को असार मसान्तसम्म आउँदा ०.६८ प्रतिशतले बढेर ४.२८ प्रतिशत पुगेको छ। बैंकहरूले ऋणीलाई कर्जा दिँदा आधार दरमा प्रिमियम थपेर कर्जा दिने गर्दछन्।

आधार दर भनेको बैंकले आफ्नो सम्पूर्ण खर्च जोडेर निकालिने विवरण हो। आधार दरमा बैंकको खर्च मात्र उठाउने गरिन्छ। आम्दानी गर्नका लागि बैंकले आधार दरमा प्रिमियम थपेर कर्जा लगानी गर्ने गर्दछन्। आधार दरमा जोडिएको प्रिमियमबाट बैंकले नाफा आर्जन गर्ने बैंकर दाहाल बताउँछन्। 

यसैगरी, स्प्रेड दर भनेको निक्षेप र कर्जाको बिचको ब्याजदर अन्तर हो। कुनै बैंकले कर्जामा १२ प्रतिशत र निक्षेप लिँदा ८ प्रतिशत दिएको छ भने त्यसको बिचको अन्तर ४ प्रतिशत स्प्रेड दर हो। बैंकहरूको स्प्रेडदर ४.४ प्रतिशतभन्दा धेरै हुन नहुने नेपाल राष्ट्र बैंकको निर्देशन छ। 

Ncell 2
Ncell 2

सबैभन्दा धेरै आधार दर कुमारी बैंकको
आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म ६ वाणिज्य बैंकको आधार दर १० प्रतिशतभन्दा माथि रहेको छ। २०७८/७९ को असार मसान्तसम्म सबैभन्दा धेरै बेस रेट भएको बैंक कुमारी बैंक हो। यस बैंकको आधार दर २०७८/७९ असार मसान्तसम्म १०.५७ प्रतिशत रहेको छ। बैंकको आधार दर २०७७/७८ को भन्दा २.६७ प्रतिशतले बढेको हो। २०७७/७८ असार मसान्तसम्म बैंकको आधार दर ७.९ प्रतिशत थियो।

२०७८/७९ को असार मसान्तसम्म सिभिल बैंकको आधार दर १०.४६ प्रतिशत रहेको छ। यसैगरी, सेन्चुरी बैंकको आधार दर १०.२३ प्रतिशत रहेको छ। सिटिजन्स बैंकको १०.०९ प्रतिशत, सनराइज बैंकको १०.०१ प्रतिशत र मेगा बैंकको आधार दर १०.०१ प्रतिशत रहेको छ। 

२०७८/७९ को असार मसान्तसम्म १४ वटा बैंकको आधार दर ९ प्रतिशतभन्दा माथि रहेको छ। लक्ष्मी बैंकको ९.९९ प्रतिशत, प्राइम बैंकको ९.९९ प्रतिशत, हिमालयन बैंकको ९.८८ प्रतिशत, माछापुच्छ्रे बैंकको आधार दर ९.८६ प्रतिशत र  बैंक अफ काठमाडौंको आधार दर ९.८३ प्रतिशत रहेको छ।

२०७८/७९ को असार मसान्तसम्म सानिमा बैंकको आधार दर ९.७१ प्रतिशत, नेपाल एसबीआई बैंकको आधार दर ९.६१ प्रतिशत र सिद्धार्थ बैंकको ९.४५ प्रतिशत रहेको छ। यसैगरी, ग्लोबल आईएमई बैंकको ९.४ प्रतिशत, एनएमबी बैंकको ९.३८ प्रतिशत, एनआईसी एसिया बैंकको ९.२५ प्रतिशत र प्रभु बैंकको आधार दर ९.२४ प्रतिशत रहेको छ।

आव २०७८/७९ को असार मसान्तसम्म आउँदा पाँच बैंकको आधार दर ८ प्रतिशतभन्दा माथि रहेको छ। कृषि विकास बैंकको ८.९ प्रतिशत, एभरेष्ट बैंकको ८.८२ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८.८१  प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ८.५४ प्रतिशत र नबिल बैंकको ८.७७ प्रतिशत आधार दर रहेको छ। 

कुन बैंकको स्प्रेड दर कति? 
आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म बैंकहरूको निक्षेप र कर्जाको बीचको ब्याजदर अन्तर (स्प्रेड दर) औसत ४.२८ प्रतिशत रहेको छ।

यस अवधिसम्म २२ वटा बैंकको स्प्रेड दर ४ प्रतिशतभन्दा माथि रहेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। बाँकी चार बैंकको स्प्रेड दर ३ प्रतिशतभन्दा माथि रहेको छ। 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १४:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
लगातार तेस्रो दिन सेयर बजारमा गिरावट, ६ कम्पनी बढे १० प्रतिशत यसअघि सोमबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले गिरावट भएको थियो भने आइतबार २६ अंकले गिरावट आएको थियो। आजको गिरावटसँगै नेप्से परिसूच... मंगलबार, मंसिर १६, २०८२
झिनो अंकले घट्यो सेयर बजार र कारोबार कुल १२४ कम्पनीको मूल्य बढ्दा १२६ को घट्यो भने ८ को स्थिर रह्यो। यस दिन सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो। बैंकिङ ०.... सोमबार, मंसिर १५, २०८२
साताको पहिलो दिनमै सेयर बजारमा गिरावट बैंकिङ १.०८, विकास बैंक १.०९, फाइनान्स ०.८३, होटल तथा पर्यटन ०.२९, हाइड्रोपावर १.३१, लगानी १.४८, जीवन बीमा १.२० प्रतिशत घटे। त्यस्तै... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, मंसिर २३, २०८२
अख्तियारका प्रवक्ता पौडेल सचिवमा बढुवा सोमबार, मंसिर २२, २०८२
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, मंसिर २२, २०८२
हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश सोमबार, मंसिर २२, २०८२
माग पूरा नभए फागुनमा निर्वाचन हुनै दिन्न : प्रसाईं सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश सोमबार, मंसिर २२, २०८२
ओली नआएपछि शंकरले बुझे ईश्वरकाे नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र सोमबार, मंसिर २२, २०८२
१२ साना दलले बनाए ५ गठबन्धन, संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने सोमबार, मंसिर २२, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
इजरायली नागरिकमाथि आक्रमणमा संलग्न दुई जना पक्राउ सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
धादिङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३३ घाइते आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्