काठमाडौं– गएतराति परेको वर्षाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। मानवीय क्षति भएको विवरण अहिलेसम्म नआएपनि अन्य भौतिक क्षति भने थुप्रै भएको छ।
ठाउँ–ठाउँ डुबानमा परेको छ। प्रहरीले डुबानमा परेका मानिस र सवारी साधनलाई राति नै उद्धार गरेको छ भने कतिपय स्थानमा बिहानैदेखि उद्धारका लागि सुरक्षाकर्मीहरूको टोली परिचालन भएको छ।
बागमती नदीमा आएको बाढीले ज्वागल, कुपण्डोल र सानेपा क्षेत्रमा पनि असर गरेको छ। सडकमा ठाउँ–ठाउँ हिलो जमेको छ। बाढीले बगाएर ल्याएको फोहोर थुप्रिएको छ।
खोला छेउका सुकुम्बासी बस्तीमा बाढी पसेको छ। पार्कहरू जलमग्न भएका छन्।
हेर्नुहोस् थप तस्बिरहरू :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।