काठमाडौं- कीर्तिमानी ग्रान्ड स्लाम विजेता खेलाडी सेरेना विलियम्सले टेनिसबाट सन्यास लिने बताएकी छन्। २३ ग्रान्ड स्लाम विजेता सेरेनाले आगामी महिनामा हुने युएस ओपनमा खेलपछि सन्यास लिने योजना रहेको बताएकी हुन्।
भोग म्यागेजिनसँग कुरा गर्दै उनले हाल टेनिसभन्दा अन्य विषय आफ्ना लागि प्राथमिकतामा रहेको बताएकी छन्।
सेरेनाले दोस्रो बच्चा जन्माउने योजना रहेको पनि बताएकी थिइन्। उनले खेलाडीको रुपमा आमा बन्न नचाहेको बताइन्। ४० वर्षीया सेरेनाले सन् १९९९ मा युएस ओपन जितेकी थिइन्।
गर्भवती हुँदै उनले सन् २०१७ को अस्ट्रेलियन ओपन जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।