महेन्द्रनगर– नेपालभरी नै व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवाका लागि परिचित भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ।
आफ्नो ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू सञ्चालन गर्ने भायानेटका योजनाहरूबाट अब महेन्द्रनगरका सर्व–साधारण पनि लाभान्वित हुनेछन्।
पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनाहरूमार्फत् शुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउने कम्पनीले दाबी गरेको छ।
यसै सन्दर्भमा महेन्द्रनगरमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्द गराएको छ।
साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन्।
यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको छ। भायानेट महेन्द्रनगर भिमदत्त नगरपालिका–१८ नजिकै प्रभु बैंकनिर खोलिएको छ।
भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।