काठमाडौं– पछिल्लो केही सातायता नेपालमा दैनिक कोरोना संक्रमणको दर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एकै दिन एक हजार ९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
६ हजार ३ सय जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै मंगलबार कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। यस अविधमा ४ सय ३८ जना कोरोनाको संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।