काठमाडौं– नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस्बीच नेपाली कथानक चलचित्र ‘महापुरुष’का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ सम्झैतापत्रमा हस्ताक्षर गरिएको छ।
उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाइस प्रेसिडेन्ट, केपी रिजाल, कन्ट्रिहेड निखिल अग्रवाल र डीजीएम मार्केटिङका केशव अर्यालको उपस्थिति रहेको थियो भने षट्कोण आर्टस्को तर्फबाट निर्देशक प्रदीप भट्टराई, निर्माता रविद्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्रीलगायत अन्य कलाकारहरुको उपस्थिति रहेको थियो।
उक्त चलचित्र आगामी कात्तिक ११ मा रिलिज हुन गइरहेको छ। मुख्य कलाकारको रुपमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकारहरु रहेका छन् र चलचित्रको लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका छन्।
पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसँग सहकार्य गर्ने क्रम बढ्दै गएको छ।
सोही क्रमको निरन्तरता स्वरुप एक आपसको भरोसालाई मजबुत पार्ने उद्देश्यले शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारी लगायतका फिल्महरुमा समेत सहकार्य गरेको थियो।
जसबाट दुवै पक्षलाई एक–आपसको प्रर्वद्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको थियो। सोही क्रमको निरन्तरता स्वरुप शिवम् सिमेन्ट र षड्कोण आर्टस्बीच मह अभिनित महापुरुष चलचित्रमा पनि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।