काठमाडौं– आज मंगलबार प्रतिनिधि सभाको बैठक बस्दै छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक भएको छ।
बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्।
त्यसपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यसैगरी, आगामी मंसिरमा हुने आम निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्त्वको विषयमाथि ध्यानाकर्षण गर्ने कार्यसूची रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।