काठमाडौं- चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले आफ्नो ओहोदाको प्रमाणणपत्र बुझाएका छन्।
साउन १ गते बेजिइङ पुगेका राजदूत श्रेष्ठले साउन २३ गतेमात्र ओहोदाको प्रमाण पत्र बुझाउन पाएका हुन्।
श्रेष्ठले चिनियाँ विदेश मन्त्रालयको प्रोटोकल सम्बन्धी विभागका महानिर्देशक होङ लेइसमक्ष आफ्नो ओहोदाको प्रमाण पत्र बुझाएका हुन्।
उनले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको पूर्वसन्ध्यामा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
मन्त्री खड्का मंगलबार चिनियाँ समकक्षीको निमन्त्रणामा चीन जाँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।