काठमाडौं-सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी हुने कुरा चलिरहेको बताएका छन्।
सत्तारुढ गठबन्धनमा सीट बाँडफाँट तय गर्न बसेको कार्यदल बैठकको निर्णय सुनाउँदै कार्यदलका सदस्यसमेत रहेका मन्त्री कार्कीले लोसपा आउने कुरा शीर्ष तहमा छलफल भईरहेको जानकारी दिए।
कार्कीका अनुसार गठबन्धनका विषयमा शीर्ष तहमा छलफलपछि प्रतिवेदन तयार गरि बुझाइनेछ। उनले बैठकमा गठबन्धन दलका सदस्यहरुले दलगत धारणा विस्तृत रुपमा राखेको बताएका छन्।
आसन्न संघ र प्रदेशको चुनावमा गठबन्धनलाई कसरी प्रभावकारी बनाएर लैजाने, चुनावपछि पनि कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल भएको मन्त्री कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।