काठमाडौं– आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तालमेल (सिट बाँडफाँट)को खाका बनाउन गठित सत्ता गठबन्धनको कार्यदलको पहिलो बैठक सकिएको छ।
बैठक सकारात्मक रुपमा अन्त्य भएको मन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार बैठकले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको छ।
अर्को बैठक साउन २६ गते ४ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।