काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिटको बाँडफाँट मिलाउनका लागि सत्ता गठबन्धनको कार्यदलको पहिलो बैठक बसिरहेको छ। सोमबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बलुवाटारमा बैठक बसिरहेको हो।
उक्त कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट महामन्त्री गगनकुमार थापा, नेताहरू कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्र कार्की रहेका छन्।
त्यस्तै, माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा रहेका छन्। यस्तै, नेकपा एसबाट महासिचव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल रहेका छन्। गठबन्धनकै अर्को घटक जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ रहेका छन् भने राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा रहेका छन्।
साउन मसान्त भित्रमा सिट बाँडफाँटको स्पष्ट अवधारणा बुझाउन कार्यादेश पाएको यस समितिमा आजको बैठकमा सिट बाँटफाँटको आधार र मापदण्डको बारेमा छलफल हुने बताइएको छ।
समितिको बैठक अघि सत्ताको नेतृत्व गरिरहेको दल कांग्रेसका शीर्ष नेताहरु पार्टीबाट कार्यदलमा रहेका नेताहरुसँग छलफलमा बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।