• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

२६ वाणिज्य बैंकले ७४ अर्ब कमाए, कसको कति?

64x64
सुमित्रा कार्की मंगलबार, साउन २४, २०७९  ११:५५
1140x725

काठमाडौं– हाल सञ्चालनमा रहेका २६ वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। 

उक्त विवरणअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म २६ वटा वाणिज्य बैंकले ७४ अर्ब ४७ करोड रुपैयाँ बराबर खुद मुनाफा आर्जन गरेका छन्। 

बैंकहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ भन्दा २३.२७ प्रतिशत अर्थात् १४ अर्ब ५ करोड रुपैयाँ धेरै रहेको छ।  आर्थिक वर्ष २०७७/०७८ आवको चौथो त्रैमासमा २६ वाणिज्य बैंकले ६० अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा कमाएका थिए।

गत आवमा सबैभन्दा धेरै मुनाफा वृद्धि गर्ने बैंक सिभिल बैंक रहेको छ।  बैंकको मुनाफा गत आवमा अघिल्लो आवको भन्दा १६२.६१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५२ करोड ७२ लाख ८४ हजार रुपैयाँ रहेको बैंकको मुनाफा गत आर्थिक वर्षको अन्त्यमा १ अर्ब ३४ करोड ४६ लाख ८५ हजार रुपैयाँ पुगेको छ। 

यसैगरी, खुद मुनाफा सबैभन्दा धेरै वृद्धि गर्न सफल दोस्रो बैंकमा सेञ्चुरी बैंक छ। यस बैंकको मुनाफा गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको भन्दा ११५.७६ प्रतिशतले बढेको छ। 

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ६२ करोड ९३ लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा मुनाफा बढाएर एक अर्ब ३५ करोड ७२ लाख ३१ हजार रुपैयाँ बनाउन सफल भएको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै मुनाफा वृद्धि गर्ने तेस्रो बैंक नेपाल एसबिआई बैंक रहेको छ। बैंकले अघिल्लो आवको तुलनामा गत आवसम्म आउँदा आफ्नो मुनाफा ७०.०४ प्रतिशतले वृद्धि गरी १ अर्ब ६३ करोड ८२ लाख ८४ रुपैयाँ पुर्‍याउन सफल भएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा ९६ करोड ३४ लाख ७९ हजार रुपैयाँ थियो। 

यसैगरी, गत आर्थिक वर्षमा सबैभन्दा धेरै मुनाफा भएको पहिलो राष्ट्रिय वाणिज्य बैंक रहेको छ। सरकारी स्वामित्वमा रहेको यस बैंकको मुनाफा गत आर्थिक वर्षको अन्त्यसम्म पाँच अर्ब २१ करोड ४२ लाख ४७ हजार रुपैयाँ छ।  

Ncell 2
Ncell 2
nimb
nimb

बैंकले अघिल्लो आर्थिक वर्षकोभन्दा गत आर्थिक वर्षमा ३७.३८ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ। अघिल्लो आर्थिक वर्षमा यस बैंकको मुनाफा तीन अर्ब ३७ करोड ५४ लाख ७७ हजार रुपैयाँ थियो। 

सबैभन्दा धेरै मुनाफा भएको दोस्रो बैंक ग्लोबल आइएमई बैंक रहेको छ। यस बैंकको खुद मुनाफा गत आर्थिक वर्षको अन्त्यसम्म पाँच अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ रहेको छ। 

बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा २५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ थियो।

मुनाफा धेरै हुने तेस्रो बैंक नबिल बैंक रहेको छ। यस बैंकको मुनाफा गत आर्थिक वर्षमा चार अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ छ। बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको भन्दा ९.८३ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्ष बैंकको मुनाफा चार अर्ब ५२ करोड ७५ लाख ३३ हजार रुपैयाँ थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नबिल बैंक र नेपाल बंगलादेश बैंक (एनबीबी) लाई गत आर्थिक वर्षमा मर्ज गरेको थियो। नबिलले एनबीबीको नाफालाई जगेडा कोषमा राखेर नबिलकोमात्र नाफा देखाउँदा यस बैंकको मुनाफामा सामान्य बृद्धिमात्र भएको देखिन्छ। 

यसैगरी, नाफा सबैभन्दा धेरै भएको चौथो बैंक एनआईसी एसिया बैंक रहेको छ। यस बैंकको नाफा गत आर्थिक वर्षमा चार अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ रहेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको यसै अविधिको भन्दा ३८.८६ प्रतिशतले बढेको हो। अघिल्लो आवमा बैंकको नाफा तीन अर्ब २५ करोड ८९ लाख ३४ हजार रुपैयाँ थियो। 

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्म आउँदा चार अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो बैंकको नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा १४.८३ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले तीन अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको थियो। 

एनएमबी बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्म आउँदा तीन अर्ब ७० करोड १३ लाख १७ हजार रुपैयाँ बराबरको मुनाफा आर्जन गरेको छ। बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा ३६.५३ प्रतिशत धेरै हो। अघिल्लो आर्थिक वर्षमा बैंकले दुई अर्ब ७१ करोड १० लाख ७४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

प्राइम कर्मसियल बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्म आउँदा तीन अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। बैंकको मुनाफा अघिल्लो आर्थिक  वर्षको यसै अवधिको भन्दा १२.६३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा तीन अर्ब २६ करोड ८४ लाख रुपैयाँ थियो। 

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको यसै अवधिसम्म आउँदा तीन अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। बैंकको मुनाफा गत आर्थिक वर्षको यसै अवधिको भन्दा १२.८७ प्रतिशत धेरै हो। अघिल्लो आर्थिक वर्षमा बैंकले दुई अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। 

गत आार्थिक वर्षको चौथो त्रेमासम्म आउँदा कुमारी बैंकको मुनाफा दुई अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ बराबर रहेको छ। यो बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा ४३.८७ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिसम्म बैंकले एक अर्ब ९७ करोड ७ लाख ३० हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

प्रभु बैंकले गत आवमा दुई अर्ब ६० करोड ३ लाख ९७ हजारर रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकको खुद मुनाफा ५१.११ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा एक अर्ब ७२ करोड आठ लाख ७५ हजार रुपैयाँ थियो। 

एभरेष्ट बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म आउँदा दुई अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ४३.७७ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ७७ करोड नौ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आव दुई अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा ६२.२७प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ३९ करोड ८८ लाख ३५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

सिटिजन्स बैंकले गत आर्थि वर्षको चौथो त्रैमाससम्म आउँदा दुई अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिकोभन्दा २४.७६ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब ८० करोड ४३ लाख ४१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको असारम सान्तसम्म आउँदा दुई अर्ब १६ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षकोभन्दा ३४.४३ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ६० करोड ७४  लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। 

सनराईज बैंकले गत आर्थिक वर्षको असारमसान्तसम्म आउँदा दुई अर्ब १५ करोड ९ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको यसै अवधीको भन्दा ४८.७० प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब ४४ करोड ६५ लाख ५० हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक (एनसीसी) ले गत आर्थिक वर्षमा दुई अर्ब दुई करोड २२ लाख २२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.९८ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

लक्ष्मी बैंकले चालु आवको अन्त्यसम्म आउँदा एक अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको यसै अवधीको भन्दा १.७६ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ५७ करोड ५७ लाख ६१हजार रुपैयाँ  खुद मुनाफा आर्जन गरेको थियो। 

गत आर्थिक वर्षको असार मसान्तसम्म मेगा बैंकले दुई अर्ब ८३ करोड १८ लाख ६४ हजार रुपैयाँ मुनाफा कमाएको छ। बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षकोभन्दा २१.७८ प्रतिशत धेरै हो।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले दुई अर्ब ३२ करोड ५४ लाख ९२ हजार रुपैयाँ मुनाफा आर्पन गरेको थियो। 

गत आवको असारमसान्तसम्म नेपाल बैंक लिमिटेडले तीन अर्ब २६ करोड ६० लाख ८५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको यसै अवधीकोभन्दा १०.२९ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले दुई अर्ब ९६ करोड १२ लाख ३० हजार रुपैयाँ खुदमुनाफा आर्जन गरेको थियो । 

गत आवको असारमसान्तसम्म बैंक अफ काठमाडौंले एक अर्ब ८१ करोड दुई लाख ७६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको यसै अवधीको तुलनामा ४.८६ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म आउँदा बैंकले एक अर्ब ७२ करोड ६४ लाख नौ हजार रुपैयाँ मुनाफा कमाएको थियो। 

खुद मुनाफा घटेका बैंकहरु 
सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुमध्ये अघिल्लो आवको तुलनामा गत आवमाा ३ बैंकको खुद मुनाफा घटेको छ। जसमा सानिमा बैंक, हिमालयन बैंक र कृषि विकास बैंक छन्। कृषि विकास बैंकको खुद नाफा अघिल्लो आवको भन्दा २३.७४प्रतिशतले घटेर गत आवमाा २ अर्ब ६९ करोड ५७ हजार रुपैयाँमा सीमित भएको छ।

अघिल्लो आर्थिक वर्षमा यस बैंकको खुद मुनाफा तीन अर्ब ५२ करोड ७५ लाख ३६ हजार रुपैयाँ थियो। हिमालयन बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा १७.२२ प्रतिशतले घटेर गत आवमा २ अर्ब ४८ करोड २१ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा यस बैंकको खुद मुनाफा दुई अर्ब ९९ करोड ८६ लाख २३ हजार रुपैयाँ थियो। 

सानिमा बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा दुई अर्ब ३१ करोड ७८ लाख २१ करोड रुपैयाँ थियो। 

 

२६ वाणिज्य बैंकको स्प्रेड दर (प्रतिशतमा)

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ११:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्