काठमाडौं– नेपाली कांग्रेसले आगामी मंसिर ४ मा हुन गइरहेको संघ र प्रदेशको निर्वाचन लक्षित गतिविधि सुरु गर्ने भएको छ। त्यसका लागि कांग्रेसले नेताहरुलाई जिल्लामा खटाउने भएको छ।
विश्व आदीवासी दिवसका अवसरमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदीवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री गगन थापाले चुनावी गतिविधिका लागि नेताहरु जिल्ला जाने बताएका हुन्।
भदौ २ गतेबाट भदौ २४ गतेसम्म चुनावी गतिविधिका लागि केन्द्रीय नेताहरू जिल्ला जाने उनले बताए।
यस्तै, यही साउन ३० र ३१ गते कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिलाई काठमाडौंमा प्रशिक्षण दिने पनि थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।